×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५० मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

किसानले पाए सहुलियतको हाते ट्याक्टर

  •  
  • सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा नगरपालिकाले कृषकहरुलाई सहुलियतमा हाते ट्याक्टर उपलब्ध गराएको छ । व्यवसायिक कृषि र यान्त्रिकरणमा जोड दिदै नगर क्षेत्र भित्रका २८ जना कृषक/कृषि समूहलाई उक्त ट्याक्टर उपलब्ध गराइएको हो । ‘अहिलेको समय प्रविधिकको हो । पुरानो प्रविधिले कृषिमा आधुनिकीकरण ल्याउन सक्दैन’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘हाम्रो कृषि क्षेत्रलाई यान्त्रिक बनाउने हाम्रो लक्ष्य छ ।’

    सोही अनुरुप गोरखा नगरपालिकाले कृषि औजार वितरण कार्यक्रमको लागि १० लाख बजेट विनियोजन गरेको थियो । उ क्त कार्यक्रम मार्फत ५४ हजार ९ सय ५० रुपैयाँ पर्ने उक्त ट्याक्टर किसानले २७ हजार ४ सय ७५ रुपैयाँमा पाएका हुन् । ‘निकै खुसी लागेको छ अब त हलो जुवा बोकेर गोरु धपाउँदै हिड्नु परेन’ गोरखा नगरपालिका वडा नम्बर १४ का कृषक राजेश बिक्रम शाहले भने ‘हुन त अहिले सम्म मैले यो चलाएको छैन । यसले समयको सदुपयोग र काम गर्न पनि सजिलो हुन्छ भन्ने सुनेको छु ।’ छिटो हुने भएपछि गोरुले जोतेर खेत गर्न नभ्याएपनि बाँझो बसेको जमिन पनि अब खेति गर्ने उनको योजना छ ।

    यस अघि नगरपालिकाले सबै वडा कार्यालय मार्फत किसानहरुलाई अनुदानको ट्याक्टर लिनका लागि आब्हान गरेको थियो । ‘हामीले वडा–वडा मार्फत सबैलाई आब्हान गरेका थियौं, जसलाई आवश्यक थियो उहाँहरुले निवेदन दिनुभयो’ उनले भने ‘निवदेन दिएका सबैले पाउनु भएको छैन ।उहाँ बास्तविक किसान हो कि होइन भनेर हामीले राम्रोसँग अध्ययन गरेर मात्र ट्याक्टर दिएका छौं ।’

    यस अघि जिल्ला कृषि बिकास कार्यालय, नगरपालिका र संघ सस्था मार्फत अनुदानमा ट्याक्टर नपाएकाहरुलाई मात्र वितरण गरिएको नगरपालिकाको दाबी छ । ‘म सधै कृषक नै हुँ, अहिले पनि मेरो खेतिपाती गरिरहेको छु’ गोरखा नगरपालिका–११ का तुलसी देवकोटाले भने ‘गोरु नभएर काम गर्न गाह्रो भएको थियो । नगरपालिकाले ट्याक्टर दिन्छ रे भन्ने सुनेर निवेदन दिएको थिएँ । आज पाइयो खुसि लागेको छ ।’

    बितरण गरिएका २८ मध्ये ६ ओटा कृषि समुह र २२ जना भने व्यवसायिक कृषकहरु रहेको गोरखा नगरपालिकाले जनाएको छ । ७.५ हर्जपावर क्षमताको रहेको र उक्त ट्याक्टरले प्रतिघण्टा १ रोपनीसम्म जमिन जोत्न सक्ने नगरपालिकाका प्राबिधिक सहायक नविन अधिकारीले जानकारी दिए । ‘यो मिनिटिलर हो ।

    १ लिटर पेट्रोलबाट १ घण्टा सम्म यस काम गर्न सक्छ’ उनले भने ‘यो निकै सजिलो र छिटो पनि छ ।’ उक्त ट्याक्टरले १ घण्टामा करिब १ रोपनीसम्म जमिन जोत्न सक्ने उनले बताए । मनकामना मिल मेसीनरी सप्लायर्सलाई ट्याक्टर खरिदको बोलपत्र स्वीकृत गराई प्रति ट्याक्टर ५४ हजार ९ सय ५० रुपैयामा नगरपालिकालाई ट्याक्टर उपलब्ध गराएको हो । उक्त कार्यक्रम लागि गोरखा नगरपालिकाले चालु आर्थिक बर्षका लागि १० लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.