गोरखा समाचारदाता
कम्प्युटर एशोसिएशन महासंघ (क्यान) कास्की शाखाको आयोजनामा फागुन १८ गतेदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक मेला हुने भएको छ ।
सूचना प्रविधिको विकास एवं प्रवद्र्धन गर्दै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिबारे जानकारी दिने उद्देश्यले कास्की शाखाको आयोजनामा इन्फोटेक मेलाको दशौं संस्करण हुन लागेको पत्रकार सम्मेलन गर्दै शाखाका अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।
इन्फोटेक मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी, प्रदेश स्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेष्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएको उत्पादनको प्रदर्शनी तथा नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने बताए ।




















