गोरखा समाचारदाता
राष्ट्रिय प्रजातन्त्र दिवश गोरखामा धुमधामका साथ मनाउने निर्णय भएको छ । जिल्ला सदरमुकाममा बसेको सरोकारवालाहरुको बैठकले यही फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी दिवश धुमधामले मनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले जानकारी दिए ।
बैठकले जिल्ला समन्वय सतितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा ६९ सदस्य मुल समारोह समिति गठन गरेको छ । उक्त समितिमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित सरकारी कार्यालय प्रमुखहरु, राजनितिक दलका प्रमुखहरु, सरमुकाममा रहेका क्याम्पसहरुको प्रमुखहरु, नागरिक समाजका अगुवा, वैंक तथा वित्तिय सस्थाका प्रमुखहरु, पत्रकार महासंघका अध्यक्ष एवं जिल्लामा क्रियाशिल पत्रकार एवं सञ्चारकर्मी सदस्य रहेका छन् ।
दिवशको मुख्य दिन फागुन ७ गते जिल्लाका सबै सरोकारवालाहरुको उपस्थितीमा जिल्ला सदरमुकाममा प्रभातफेरी गरी जिल्ला सभाहल प्रजान्तत्र सम्बन्धी औपचारीक कार्यक्रम गर्ने निर्णय गरिएको छ । सोही दिन गोरखामा व्याडमिन्टन प्रतियोगिता समेत हुने छ । उक्त कार्यक्रमको व्यवस्थापन गोरखा नगरपालिकाले गर्ने निर्णय भएको छ ।
तेश्रो निर्वाचन दिवश समेत परेकाले सोही अबसरमा जिल्ला निर्वाचन कार्यालयले ‘निर्वाचन र लोकतन्त्र’ विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय भएको धितालले जानकारी दिनुभयो । दिवशको अबसरमा पत्रकार महासघंको समन्वयमा जिल्लामा क्रियाशिल स्थानीय एफएम रेडियोहरुले प्रजातन्त्रका विषयलाई समेटेर विभिन्न खालका कार्यक्रम प्रशारण गर्ने समेत बैठकले निर्णय गरेको छ । ६, ७ र ८ गते साँझ जिल्लाका सबै सरकारी कार्यालय, गैरसरकारी सघंसस्था, बैंक तथा वित्तिय सस्था, होटल रेस्टुरेन्ट लगायत सर्ब साधरण सबैका घरमा दिपावली गर्न पनि आग्रह गरिएको छ ।
उक्त बैठकले गोरखा उद्योग वाणिज्य सघंको सहयोगमा जिल्ला कारागार गोरखामा रहेका कैदीबन्दीहरुलाई पानी शुद्धीकरण मेसिन जडान गर्ने निर्णय समेत गरेको प्रवक्ता धितालको भनाई छ ।


