गोरखा समाचारदाता
छैटौं गोरर्खाली कप फुटबलको तयारी अन्तिम चरण पुगेको छ । हरमटारी क्लको आयोजनामा यही फागुन ७ गतेबाट सुरु हुने प्रतियोगिताको ९० प्रतिशत भन्दा बढि तयारी सकिएको क्लवका अध्यक्ष बिशाल गुरुङले जानकारी दिए ।
केही समय अघि गोरखा महोत्सव गरिएको खेलकुद मैदान हरमटारीलाई मर्मत गरी प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा सहभागिता जनाउने १६ टिम दर्ता भइसकेका छन् ।
उक्त प्रतियोगिताको विजेता टोलीले नगद २ लाख पुरस्कार पाउने छ । उपविजेताको लागि १ लाख र सेमिफाइनलमा पुग्ने दुई समूहलाई ५०/५० हजार पुरस्कार स्वरुप उपलब्ध गराइने आयोजक जानकारी दिएको छ ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वोत्कृष्ट अग्रपक्ति, मध्येपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताले जनही ७ हजार ५ सय पुरस्कार पाउने छन् ।




















