गोरखा समाचारदाता
शहिद लखन गाँउपालिकाले नेपालका प्रथम सहिद लखन थापाको स्मृतीमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले सूचना प्रकाशन गरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । वि.स १९३३ फागुन २ गते शहीद लखन गाउँपालिका ७ काहुले भंगारमा थापालाई तत्कालीन जहानियाँ राणा सरकारको निर्देशनमा आफ्नै घर परिषरमा खिर्राको रुखमा झुण्डाएर हत्या गरिएको थियो ।
थापाका सहयोद्धा जयसिंह चुमी राना मगर र उनको सम्झनामा गाउँपालिकाले मातहतका कार्यालयमा बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए । कुनै समुदायका लागि नभएर सिंगो देश र जनताको स्वतन्त्रता, हक अधिकार र सुरक्षाको निम्ति बिद्रोह गरेको सम्मानका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिएको अध्यक्ष थापाले बताए ।
थापाको सम्मानमा आज बुंकोटको काहुलेभंगारमा बिशेष कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् । त्यस्तै आज नै गोरखा नगरपालिका–६ अस्पतालमार्गमा निर्माण गरिएको सहिद थापाको अर्धकदको शालिक उद्घाटन गर्ने कार्यक्रम समेत रहेको प्रथम सहिद लखन थापा मगर जय सिंह चुमीराना प्रजातान्त्रिक क्बलका अध्यक्ष रुल बहादुर आलेले बताए ।




















