गोरखा समाचारदाता
नेपाल कम्युनिष्ट पार्टी नेकपाले गोरखामा २४ औ जनयुद्ध दिवस मनाएको छ । २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा भएको दिनको सम्झनामा नेकपाले सदरमुकाम सहित बिभिन्न स्थानीय तहमा कार्यक्रम गरी दिवस मनाएको छ । बुधबार पाटेचौर स्थित पार्टी कार्यालय नेकपाका केन्द्रिय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ संघिय सांसद हरीराज अधिकारीको प्रमुख आतिथ्यतमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै पार्टीका अधिकारीले जनयुद्ध जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै सहिदहरुले देखाएको बाटोमा अघि बढ्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । आन्दोलनको जगबाट सामान्तबादी राजसंस्थाको अन्त्य भएको भन्दै अब शान्तिपूर्ण प्रतिस्पर्धाबाट नेपाल कम्युनिष्ट पार्टीले समाजबादको सपना पुरा गर्ने उनले बताए ।
सांसद अधिकारीले लामो संघर्ष बलिदान पछि प्राप्त सबिधानसभाबाट बनेको नयाँ संबिधानले नेपाली जनताको हक अधिकारलाई सुनिश्चित गरेको बताउदै संबिधान र संघियतामा माथी कसैले धावा बोले त्यो सैह्य नहुने उल्लेख गरे । ‘सामन्तबादी अवसेशहरु अझै बाँकी छ’ उनले भने ‘त्यसका बिरुद्ध शान्तिपूर्ण राजनीतिक प्रतिसोध अझै जारी छ ।’
दुई ठूला कम्युनिष्ट पार्टीहरु बिचको एकताले जनतामा ठूलो आशा पलाएको भन्दै केन्द्रमा भएको एकताको गतिमा जिल्ला र स्थानियतहमा एकता प्रक्रिया अघि बढ्न नसक्नु दुख्द रहेको उनले बताए। ‘पार्टी एकतामा ढिलाई हुदा संगठनात्मक संरचना निर्माणमा केही समस्या भएकै हो, अधिकारीले भने ‘तर सवैथोक बिग्रियो भन्ने होइन् ।’
कार्यक्रममा नेताहरु सम्झना देबकोटा, बिशेश्वर कट्टेल, यादव शर्मा, राम बहादुर खड्का, धुव्र भट्ट, कमला नहर्की स्थिर प्रसाद खनाल, लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेकपाका केन्द्रिय सदस्य कृष्ण धितालको अध्यक्षतामा सम्पन्न भएको हो । त्यस्तै भिमसेन गाउँपालिका, गण्डकी गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका लगायले पनि जनयुद्ध दिवस मनाएका छन् ।




















