कैलासबावु श्रेष्ठ/गोरखा
फागनु २ गते । गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ्गले प्रदेश सरकारको १ बर्षे कार्यकाल सन्तोष जनक रहेको बताउनु भयो ।
नेपालका प्रथम सहिद लखन थापा मगरको शालिक अनावरणका लागि गोरखा आई पुग्नु भएका गुरुङ्गले पत्रकारहरुको जिज्ञासामा सोचे अनुसार काम गर्न नसके पनि कार्यकाल सन्तोष जनक भएको बताउनु भएको हो । ‘ सोचे अनुसारको काम गर्न सकिएन २५ वटा कानून निर्माण सम्पन्न भई सकेको र त्यस मध्ये पनि २१ वटा कानून प्रमाणीकरण भएको र ४ वटा कानून प्रदेश सभामा छलफल चली रहेको’ बताउनु भयो ।

‘यसै आर्थिक बर्षको जेष्ठ मसान्त सम्ममा ८० प्रतिशत पुजीगत अनुदान खर्च गर्न सकिने’ भन्दै मुख्य मन्त्रि सुब्बाले ‘केन्द्र सरकारले पनि अहिले सम्म यती ठुलो रकम खर्च गर्न सकेको छैन । हामी खर्च गरेर काम देखाउदै छौ ।’ मुख्म मन्त्रि गुरुले भन्नु भयो ।
प्रदेश सरकार र स्थानिय तह बिच बिकास निर्माण देखीएको समस्याका बिषयमा बोल्दै ‘ मन्त्रि गुरुङ्गले ‘यो कुरा प्रदेश सरकार संग मिलेर जान नचाहने, समन्वय र सहकार्य गरेर जान नचाहने साथीहरुले उठाएको’ भन्दै ‘जो प्रदेश सरकार संग समन्वय र सहकार्य गरेर जान चाहदैन उसैलाई नोक्साने हुने र खारेज समेत हुन सक्ने चेतावनी दिए ।’

पत्रकारहरुको प्रश्नको जवाफ दिदै मुख्य मन्त्रि गुरुङ्गले ‘प्रकृतिक श्रोत माथि कुनै एक ब्यक्तिको मात्र स्वार्थ पुरा हुने तथा अनियमित, अब्यवस्थित र अबैधानिक भएकोले जनता र सरकारलाई यसबाट कुनै फाइदा नभएकोले बन्देज लगाइएको’ भन्दै ‘सबै प्राकृतिक श्रोतलाई कानूनी दायरामा ल्याउने गरी कानून निर्माण भएकोले अब ब्यवस्थित गरि खुल्ला गरीने बताउनु भयो ।’
एक फरक प्रसंगमा मन्त्रि गुरुङ्गले नेकपा भित्रको स्थानिय तहमा देखीएको एकता प्रकृया केही साता भित्रै केन्द्रले जिल्ला तहको नेतृत्व तोक्ने भएकाले १ महिना भित्रै स्थानिय तहमा समेत एकताको टुंगो लाग्ने बताउनु भयो ।
यस अघि मुख्य मन्त्रि गुरुङ्गले जिल्ला भित्र रहेको सरकारी कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिदै सरकारी कर्मचारी भएको सरकारको बिरोध नगर्न चेतावनी दिदै स्वच्छ आलोचना गर्न समेत आब्हान गनुभयो ।

आजै मुख्य मन्त्रि गुरुङ्गले गोरखा सदरमुकामको अस्पताल चोकमा नेपालका प्रथम सहिद लखन थापा मगरको अर्ध कदको शालिकको समेत अनावरण गरेका थिए ।




















