कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १ गते । नेपालका प्रर्थम सहिद लखन थापाको स्मृती दिवशको पूर्व सन्ध्यामा अन्रतक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रथम सहिद लखन थापा मगर स्मृती प्रतिष्ठान गोरखाले सदरमुकाममा प्रथम सहिदको शालिक अनावरण एवं १४२ औं लखन स्मृती सभाको पूर्व सन्ध्यामा अन्तक्रिया कार्यक्रम आयोजना गरको हो ।
बिक्रम सम्बत १८९१ मा गोरखाको बुंकोट स्थित काँहुलभङ्गारमा जन्मिएका थापालाई तात्कालिन शासकहरुले बिक्रम सम्बत १९३३ सालमा गोरखाको बुंकोटमा नै रहेको बिद्रोही किल्ला भित्र रहेको रुखमा झुण्डाएर हत्या गरेका थिए ।
नेपाल सरकारले २०७२ साल असोज ३ गते नेपालका प्रथम सहिद भनेर घोषणा गरेका थापालाई निरंकुश राणाशासन ब्यवस्थाका बिरुद्व लागेको भन्दै हत्या गरेका थिए ।

गोरखा नगरपालिका प्रमुख राजनराज पन्त प्रमुख अतिथी रहेको उत्त कार्यक्रममा प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान काठमाण्डौंले ‘प्रथम सहिद लखन थापा मगरको योगदान तथा हाल सम्मका उपलब्धी र आगामी कार्यदिशा’ नामक कार्य पत्र समेत प्रस्तुत गरीएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख जनुका अधिकारी, नेपाली काँग्रेसका कोषाध्यक्ष कृण्ण आले, मगर सघंका केन्द्रिय सह कोषाध्यक्ष कृण्ण राना मगर, प्राध्यापक यदु अधिकारी, गोरखा उद्योग बाणिज्य संघका कृण्णकुमार श्रेष्ठ, आदीबासी जनजाती महासंघका अध्यक्ष विण्णु राना मगर समेतले आ–आफ्नो धारणा राखेको थिए । कार्यक्रमप्रतिस्ठानका अध्यक्ष रुल बहादुर आलेको अध्यक्षमा सम्पन्न भएको थियो ।


