गोरखा समाचारदाता
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेतले गाउँगाउँबाट देखिने गरी बिकासको शुरुवात भएको बताएका छन् । गोरखाको भिमसेन थापा गाउँपालिका–१ निवेलमा सम्पन्न भएको निवेल खानेपानी आयोजनाको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
गण्डकी प्रदेश सरकार अन्र्तगत भौतिक पूर्वाधार तथा बिकास मन्त्रालयबाट बिनियोजित बजेटबाट प्रदेशमै पहिलो पटक यो आयोजना सम्पन्न भई उद्घाटन भएको उनले बताए । ‘अब गण्डकी प्रदेशमा बिकासको शुरु भएको छ,’ मन्त्री बस्नेतले भन्नुभयो, प्रदेश सरकारले केही गर्न सक्दैन भन्नेहरुका लागि पनि यसबाट राम्रो सन्देश गएको छ ।’
उनले गण्डकी प्रदेशले प्रदेश सरकार गठन भए लगत्तै २ बर्षभित्रमा सवै जनताका घरमा आधारभूत खानेपानी पुरयाउने लक्ष्य लिएको भन्दै यसबाट परिवर्तनको थालनी भएको उल्लेख गरे । ‘प्रदेश सरकारले बिकासको थालनी गरेको छ, जनताले पनि परिवर्तनको महसुुस गर्न थालेका छन् ।’ उनले भने । बिकासका लागि देश संघिय संरचनामा गएको भन्दै संघियताको माध्यमबाटै गाउँगाउँमा बिकासको लहर शुरु गरेको मन्त्री बस्नेतको भनाई छ । जनताका आधारभूत आबश्यकताहरु शिक्षा, स्वास्थ सडक, बिजुली बत्ती, खानेपानी आदीलाई प्राथामिकतामा राखेर प्रदेश सरकार अघि बढेको बस्नेतले बताए ।
टोल सम्बृद्ध भए गाउँ सम्बृद्ध हुने र जिल्ला सम्बृद्ध भए प्रदेश सम्बृद्ध बन्ने भन्दै मन्त्री बस्नेतले अब गाउँगाउँबाट उत्पादनलाई जोड दिनुपर्ने आबश्यकता औल्याए । ‘बिकास निर्माणका योजनाहरु बनाउदा तत्कालिन आबश्यकतालाई परिपूर्ती गर्नेगरी निर्माण गर्ने प्रचलन हामीमा रहेको छ, उनले भने, अब त्यसलाई त्याग्नुपर्छ र कम्तीमा २०-३० बर्ष पछि सम्म हुनेगरी योजना बनाउनु पर्छ ।’


