गोरखा समाचारदाता
माघ २९ गते । बाल अधिकारबारे सचेतना जगाउने उद्वेश्यले सिरानचोक गाउँपालिकाका हरेक वडामा बाल संरक्षण समिति गठन गरिएको छ ।
वडा अध्यक्षको संयोजकत्वमा गठित उक्त समितिले विद्यमान बालबालिकाहरुको हक अधिकारबारेमा बहश पैरवी गर्ने, योजना छनौट प्रक्रिया सहभागी गराउने, नेतृत्व बिकास तथा लक्षित वर्गको कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउने, विपत्त जोखिम न्यूनीकरणका लागि सचेतना जगाउने, बालबालिकाहरुकोे सिप एवं क्षमता अभिवृद्धि गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालन गर्ने महिला तथा बालबालिका शाखाकी प्रमुख शारदा ढकालले जानकारी दिइन् ।
उक्त समितिमा माध्यामिक विद्यालयमा अध्यापन गराउने एक जना शिक्षक प्रतिनिधि, स्थानीय समाजसेवी, वुद्धिजिवी, आदिबासी, दलित, जनजाती, विभिन्न बालक्लवका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वम्सेविका, महिला समूह, समिति र सहकारी सस्थाका प्रतिनिधिहरु, स्थानीय बालअधिकारकर्मी लगायतका सदस्य रहेका छन । सिरानचोकको ८ वटा वडा मध्ये अहिले सम्म ६ वटामा उक्त समिति गठन भइसकेको छ ।
वडा नम्बर २ थालाजुङ र ३ हर्मीमा केही दिन भित्र समिति निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । नवगठित समितिका पदाधिकारीलाई अभिमुखीकरण समेत गराइएको छ ।


