गोरखा समाचारदाता
माघ २९ गते । गोरखा नगरपालिका वडा नम्बर ११ मा महिलाहरुलाई नेतृत्व बिकास सम्बन्धी दुई दिने गोष्ठी सोमबादर देखी सुरु भएको छ ।
त्यहाँ कृयाशिल महिला तथा आमा समूहका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी २५ जना सहभागी गोष्ठीमा महिलाहरुको हक अधिकार, क्षमता बिकास, लैगिंक हिंसा नियन्त्रण, नेतृत्व बिकास लगायतका बारेमा प्रमुख प्रशासकिय अधिकृत कृष्ण कुमारी श्रेष्ठ, सामाजिक शाखा प्रमुख बिजयभक्त उपाध्याय, वडा सचिव अनिलभक्त उपाध्यायका साथै निर्मल राना, इन्दिरा अंम्गाई लगायतले सहजीकरण गर्ने गोरखा नगरपालिकाका महिला तथा बालबालिका क्षेत्रकी कार्यक्रम संयोजक इन्दिरा अम्गाईले जानकारी दिइन् ।
वडा नम्बर ११ का अध्यक्ष रामबहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठले महिलाहरुको क्षमता बिकास नभएसम्म गोरखा नगरपालिका समृद्ध हुन नसक्ने भन्दै महिलाहरुलाई अगाडी आउन आग्रह गरेकी छिन् ।
महिला हक अधिकारका कुरा कानूनमा मात्र सिमिति रहन नहुने भन्दै पिडा सहेर नबस्न समेत उनको अनुरोध छ ।


