गोरखा समाचारदाता
माघ २८ गते । केही दिन देखी भएको बर्षा पछि खुलेको मौषम पुनः सोमबार देखी बदली हुने देखीएको छ । जल तथा मौषम पुर्वानुमान महाशाखाका अनुसार पुनः पश्चिमी वायुको प्रभावका कारण सोमबार देखी मौषम बदली हुन लागेको हो ।
गएको बुधबार देखी सनिबार सम्म देशै भरी मौषम परिवर्तन हुदा तल्लो भागमा पानी तथा माथिल्लो भागमा भारी हिमपात भएको थियो । आईतबार मात्र सर्व साधारणले आन्नदको महशुस गरेको भएता पनि सोमबार बिहानै देखी मौषममा आएको परिवर्तनले पुनः चिन्तीत बनाएको छ ।
मौषममा आएको परिवर्तनका कारण हिमाली देखी उच्च हिमाली क्षेत्रमा बर्षा हुने अनुमान गरीएको छ ।


