मोहसिन अलि मियाँ/गोरखा
माघ २८ गते । पाँचखुवा देउराली स्वास्थ्य चौकीले स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सुरु गरेको छ । वारपाक सुलिकोट गाउँपालिका ७ देउरालीबाट सदरमुकामका अस्पतालदेखि अन्य बाहिरी जिल्लासम्मको एम्बुलेन्स सेवामा आवस्यकता अनुसार स्वास्थ्यकर्मीको ब्यवस्था गर्दै सेवा सुरु भएको हो । सदरमुकामबाट २७ किलोमिटरको कच्चि सडकको दुरीमा रहेको पाँचखुवा देउरालीमा वडा कार्यालयको बिशेष पहलमा सो सेवा सुरु भएको हो । ‘बिरामीको अवस्था हेरेर स्वास्थ्य चौकीमा रहेका अनमी, एचए लगायतका चिकित्सकलाई संगै पठाउने ब्यवस्था मिलाएका छौ’ वडा नं. ७ का वडाध्यक्ष कृष्ण गुरुङले भने ‘यो सेवा २४ सै घण्टा उपलब्ध हुन्छ ।’
आकस्मिक समयमा आवस्यकता अनुसारका स्वास्थ्यकर्मीको रेखदेखमा बिरामीलाई सकुशल अस्पतालसम्म पु¥याउन यो सेवा सुरु गरिएको वडाध्यक्ष गुरुङले बताए । ‘बेहोस हुने, गम्भिर खालका घाउचोट, ब्लिडिङ, सुत्केरी हुन नसकेकका लगायतका जटिल बिरामीलाई सकुशल अस्पतालसम्म पु¥याउन हामीले यो सेवा सुरु गरेका हौ’ उनले भने ‘यो सेवा ब्यवसायीक रुपमा भन्दा पनि सेवामुलक रुपमा सुरु गरेका हौ, यस वापत बिरामीले अरु केहि शुल्क तिर्नुपर्दैन, वडा कार्यालयले ब्यहोर्छ ।’ सो सेवा दिए वापत चिकित्सकलाई वडा कार्यालयले नै भत्ता दिने ब्यवस्था गरिएको बताइएको छ ।
स्वास्थ्यकर्मीसंगै एम्बुलेन्समा बिरामीलाई आवस्यक स्वास्थ्य सामाग्रीको समेत ब्यवस्था गरिएको छ । त्यस्तै आर्थिक अवस्था नाजुक रहेका बिरामीलाई वडा कार्यालयले निशुल्कसेवा दिने बताएको छ । ‘हामीले एम्बुलेन्समा आकस्मिक रुपमा चाहिने अक्सिजनदेखि फस्टएडका सामान नि राखेका छौ’ वडाध्यक्ष गुरुङले भने ‘शुल्क पनि आर्थिक अवस्था हेरेर लिने गरेका छौ, पैसा नहुने र बृद्धबृद्धालाई निशुल्क सेवाको पनि ब्यवस्था मिलाएका छौ ।’
एम्बुलेन्स खरिदका लागि वडाध्यक्ष गुरुङले केहि महिना अघिदेखि सामाजिक संजाल मार्फत आर्थिक संकलनको अभियान चलाएका थिए । सो अभियानमा १८ लाख भन्दा बढि रकम संकलन भएको उनको भनाई छ । ‘हामीले एम्बुलेन्स किन्नकै लागि फेसबुकमा अभियान चलाएका थियौ, ३÷४ महिनामा १८ लाखभन्दा बढि रकम पनि जुट्यो’ गुरुङले भने ‘वडाबाट ४ लाख हालेको थिए, अरु रकम अभियानबाट उठेकैबाट लगानी भएको छ ।’
अभियानबाट संकलन भएको रकमबारे केहि दिनमा पत्रकार सम्मेलन मार्फत सार्वजानिक गर्ने अध्यक्ष गुरुङले योजना बनाएका छन् । एम्बुलेन्स गत १४ गते पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका थिए । यसबाट वारपाक सुलिकोट, भिमसेन थापा र आरुघाटका केहि वडाहरुका जनताले सेवा लिने बताइएको छ ।


