गोरखा समाचारदाता
नेपाली काँग्रेस क्षेत्र नम्बर २ को उप–सभापतीमा नारायण गुरुङ चयन भएका छन् ।
क्षेत्रिय सभापती गोबिन्द गुरुङको अध्यक्षतामा शनिवार बसेको बैठकले गुरुङलाई उप–सभापती, सुरज ढकाललाई सहसचिव र सरिता श्रेष्ठलाई सदस्यमा मनोनित गरेको सचिव मानप्रसाद धितालले जानकारी दिए ।
समितिको बैठकले नेपाली काँग्रेसको बिधान अनुसार उक्त पदपुर्ती गरेको हो ।


