गोरखा समाचारदाता
माघ २६ गते । गोरखाको पालुङटारमा पहिलो पटक लिगलिग पालुङटार मेयर कप फुटबल २०७५ को आयोजना गरीएको छ । गण्डकी प्रदेश भित्रका नगरपालिका र गोरखा भित्रका ९ वटा स्थानिय तहले उत्त प्रतियोगितामा भाग लिन पाउने छन ।
पालुङटार नगरपालिकाको आयोजनामा फागुन २६ गते देखी चैत्र ६ गते सम्म प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख ३४ हजार ५ सय ६७ रुपैया पुरस्कार रहेको सनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । नकआउट आधारमा हुने प्रतियोगितामा १५ टिमको सहभागिता हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
प्रतियोगितामा दोस्रो हुने टोलीले नगद १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ र सेमी फाइनलमा पुग्ने २ टिमलाई नगद ५४ हजार ३ सय २१ रुपैयाँका दरले गरिने आयोजक संस्था पालुङटार नगरपालिकाले जानकारी दिएको छ ।
प्रतियोगितमा २६ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै पालुङटार नगरपालिकाका मयेर दिपक बाबु कँडेलले नगरपालिकाले खेलकुद क्षेत्रको बिकास लागि चालु आर्थिक बर्षमा रु ३० लाख बजेट बिनियोजन गरेको जानकारी दिए ।



