गोरखा समाचारदाता
सिरानचोक गाउँपालिका –७ श्रीनाथकोटको आरुबोटका स्थानीयले आफै सामुदायिक भवन बनाएका छन् ।
राज्यको सहयोग विना देश विदेशबाट ४६ लाख रकम संकलन गरी उनीहरुले सुबिधा सम्पन्न सामुदायिक भवन बनाएको हुन् । आरुबोटमा जन्मिएर अमेरिका, बेलायत लगायत देश तथा बिदेशमा रहेका स्थानीयहरुले स्वत् स्र्फूत रुपमा उक्त रकम संकलन गरेको स्थानीय सुरेन्द्र गुरुङले जानकारी दिए ।
भवन निर्माणका लागि आरुबोट जन्मिएर बिवाह पछि अयन्त्र गएका चेलीहरुले पनि उल्लेख्य रुपमा सहयोग गरेका छन् । उक्त भवनमा महिला तथा आमा समूह, युवा क्लव लगायतका सामाजिक कामका लागि आवश्यक कोठा, स्टोर कोठा, भान्छा, औपचारिक कार्यक्रम गर्नका लागि मञ्च सहित ३०० जना अट्ने हल समेत बनाइएको छ ।
उक्त भवनमा विभिन्न औपचारिक कार्यक्रमका साथै स्थानीय चाडपर्वहरुमा भोजभतेर गर्न मिल्ने बताइएको छ । बिहीबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष राजु गुरुङले एक कार्यक्रमका विच उक्त भवनको उद्घाटन गरेका छन् । सुरेन्द्र गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गुरुङ, बेलायतमा बस्नेहरुकातर्फ बुद्धि बहादुर गुरुङ, रकम संकलन अभियानका समन्यवकर्ता धनबहादुर गुरुङ, वडा अध्यक्ष सुरज ढकाल, पूर्व जिल्ला बिकास सभापती इन्द्रबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




















