गोरखा समाचारदाता
आँबुखैरेनीकी मृगौंला पिडित सफलता श्रेष्ठलाई आर्थिक सहयोग रकम जुटेको छ ।
आँबुखैरेनी–३, मिलनचोक निवासी १३ वर्षिय श्रेष्ठलाई सुन्दरबस्ती टोल विकास संस्था मिलनचोक आँबुखैरेनीले उपचारको लागि नगद रु. २७ हजार १ सय ५० रुपैंया आर्थिक सहयोग गरेको हो ।
टोल विकास संस्थाका अध्यक्ष राजन ढकाल, वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर आले, आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठ र एक्टिभ ग्रिन इंग्लिस बोडिङ्ग स्कूलका प्रिन्सिपल गोबिन्द प्रसाद खनालको उपस्थिती मगौंला पिडित श्रेष्ठकी आमा सृजना श्रेष्ठलाई सो रकम हस्तान्तरण गरिएको हो ।
यस अघि आँबुखैरेनी–३, निवासी केदार के.सीले उनको उपचारको लागि नगद रु. १० हजार रकम सहयोग गरेका थिए ।


