कैलासबावु श्रेष्ठ/गोरखा
माघ २३ गते । जिल्ला प्रसासन कार्यालय गोरखाले सोमबार गोरखा सरमुकाममा रहेका केही औषधी पसलहरुको छड्के अनुगमन गरेको छ ।
जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल नेतृत्वको टोलीले औषधी पसलहरुको छड्के अनुगमन गरेको हो । टोलीले गोरखा अस्पताल आसपासमा रहेका फार्मेसी, दन्त क्लिनिक, र लक्ष्मीबजारमा क्षेत्रमा रहेका औषधी पसलहरुको अनुगमन गरेको थियो ।
अस्पताल क्षेत्रमा गरिएको अनुगमनका क्रममा तिवारी फार्मेसीले काजगात पुरा नगरेको पाइएको थियो भने गोरखा डेन्टल सामुदायिक अस्पतालले लामो समयसम्म नबिकरण नै नगरी क्लिनिक सञ्चालन गरेको भेटिएको थियो ।
अनुगमनका क्रममा गोरखा सामुदायिक डेण्टल क्लिनिकले २०७१ सालदेखि नै नविकरण नगरेको, जिल्ला जनस्वास्थ कार्यालयमा बुझाउनु पर्ने रिर्पोट नबुझाएको लगायतका प्रक्रिया पुरा नगरेकोले क्लिनिकलाई १० दिन भित्र सवै कागजात उपलब्ध गराउन निर्देशन दिएका छ ।
त्यस्तै अनुगमन टोलीले सोमबार नै गोरखा नगरपालिकाको लक्ष्मीबजार क्षेत्रमा रहेका ४ वटा औषधी पसलहरुको समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा अर्याल मेडिकल फर्माले एकै ठाउँमा किराना पसल र औषधी पसल सन्चालन गरेको र नगरपालिकामा मात्र दर्ता गरेर सञ्चालन गरेकाले तत्काल किराना वा मेडिकल मध्ये एक मात्र सञ्चालन गर्न टोलीले निर्देशन दिएको छ ।
अनुगमनमा क्रममा आबश्यक प्रक्रिया पुरा नगरी सन्चालनमा रहेको पाइएका औषधी पसल तथा क्लिनिकहरुलाई तोकिएको समयभित्र आबश्यक कागजात सहित प्रसासनमा उपस्थित हुन सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले सबैलाई निर्देशन दिएका थिएँ ।
पौडेलका अनुसार निर्देशन पालन नगर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गर्ने बताए ।


