- ट्याक्टरको ठक्करबाट एकको मुत्यु
कैलासबावु श्रेष्ठ/गोरखा
माघ २२ गते । गोरखा नगरपालिका– १० को कुवाडी डाडाँमा सोमबार साँझ ट्याक्टरले ठक्कर दिदाँ एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ । ठक्कर दिने चालक भने प्रहरीले २४ घण्टा पछि मंगलबार ट्याक्टर धनीले प्रहरीलाई बुझाएको छ ।
गोरखा नगरपालिका–४ पन्थेस्वार घर भई हाल गोरखाको १३ किलो बजारमा बस्दै आएका ३० बर्षिय कृष्ण कोइरालाको ठक्करका पछि घटना स्थलमा नै मुत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाकका प्रहरी निरिक्षक झविन्द्र प्रसाद भट्टराईले दिएको जानकारी अनुसार मृक्तक कोइराला रक्सी सेवन गरेर हिडदै घर जाने क्रममा उत्त स्थानमा ट्याक्टर देखी रोकेर चढन खोज्दा ट्याक्टरको पाग्राले च्यापिएर उनको मृत्यु भएको थियो ।
घटना लगत्तै फरार रहेका ट्याक्टर चालक बारपाक सुलिकोट गाउँ पालिका ५ लाकुरीबोटका राजु बि.क.लाई ट्याक्टर धनी सनद श्रेष्ठले मंगलबार साँझ तिर प्रहरीलाई बुझाएका छन । घटना घटाएको ट्याक्टर ग.१ त ४५२३ नम्बरको सवारी प्रहरीले सोमबार राती नै नियन्त्रणमा लिएर चालकको खोजी गरी रहेको थियो ।


