×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सबै निर्वाचन क्षेत्रमा स्मार्ट कृषि कार्यक्रम

  •  
  • मङ्गलबार, माघ २२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भैरहवा समाचारदाता

    भैरहवा, माघ २२ गते । प्रदेश ५ सरकारले प्रदेशका सबै निर्वाचन क्षेत्रमा स्मार्ट कृषिगाउँ शुभारम्भको तयारी गरेको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्मार्ट कृषि गाउँ शुभारम्भ गर्न लागेको हो ।
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ सञ्चालन कार्यविधि स्वीकृत भएपछि मन्त्रालयले यसको तयारी गरेको हो । प्रदेशका ५२ निर्वाचन क्षेत्रमा एक÷एक स्मार्ट कृषि कार्यक्रम सञ्चालन गर्ने सरकारले यसअघि नै योजना अघि सारेको थियो । सोही अनुसार कार्यविधि स्वीकृत भएको छ ।
    पहिलो चरणमा रूपन्देहीको देवदहमा स्मार्ट कृषि गाउँ मुख्यमन्त्रीबाट नै अबको एक सातामा उद्घाटन गर्ने गरी कार्य अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कृषि गाउँ स्थापनाको कार्यलाई अगाडि बढाइएको जानकारी दिनुभयो ।
    प्रत्येक स्मार्ट कृषि गाउँलाई ५० लाख रुपियाँ विनियोजन गरी मन्त्रालयले नमुना गाउँ निर्माण गर्ने योजना अगाडि बढाएको थियो । सोही अनुसार स्मार्ट कृषि गाउँमा किसानले गर्ने खेती प्रणालीदेखि लिएर, किसानको उत्पादन, बजारीकरणसम्मको कार्य पूरा गर्ने गरी स्मार्ट कृषि गाउँलाई अगाडि बढाइएको हो । कार्यक्रम सञ्चालनका लागि कृषि तथा भूमि व्यवस्थामन्त्रीको संयोजकत्वमा कार्यक्रम निर्देशक समिति गठन हुने व्यवस्था अनुसार अहिले कार्य अगाडि बढेको छ ।
    स्मार्ट कृषि गाउँका लागि ५२ वटै क्षेत्र छनोट कार्य सकिएको छ । अहिले ती गाउँको अवस्थाका बारेमा विस्तृत प्रतिवेदन बनाउने र कुन कुन क्षेत्रमा विकास गर्ने भन्ने विषयमा अध्ययन भइरहेको छ, मन्त्री पौडेलले भन्नुभयो । मन्त्री पौडेलका अनुसार स्मार्ट कृषि गाउँमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को समेट टिम परिचालन हुनेछ । यस्तै कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको समेत समूहले सामाजिक परिचालनदेखि लिएर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी दिनेछ ।
    सुरुवाती चरणमा छनोट भएको गाउँको माटो परीक्षणदेखि लिएर, के कस्तो उत्पादन गर्न सकिन्छ भन्ने विषयमा लगानी गरिने मन्त्रालयले जनाएको छ । किसानलाई व्यावसायिक रूपमा उत्पादनतर्फ डो¥याउनका लागि यो अवधारणा अगाडि बढाइएको मन्त्रालयको भनाइ छ ।
    भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले नमुनाका रूपमा शुरुवात गरिएको गाउँबाट अन्य किसानका सिक्ने थलोका रूपमा विकास हुने अपेक्षा गरिएको बताउनुभयो । पहिलो चरणमा फाउन्डेसनको काम हुनेछ, ५२ वटा स्मार्ट कृषि गाउँले एउटा सन्देश पैदा गर्नेछ, उहाँले भन्नुभयो । सोही अनुसार अन्य किसानहरूले समेत सिको गर्न सक्ने उहाँको अपेक्षा छ ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ २२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.