×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

रेमिट्यान्स कम्पनीबाट ६० हजारभन्दा बढी नगद पठाउन नपाइनेरेमिट्यान्स कम्पनीबाटै व्यवस्थाको दुरुपयोग

  •  
  • सोमबार, माघ २१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    कमल नेपाल
    काठमाडौं, माघ २१ अब स्वदेशमै एक ठाउँबाट अर्को ठाउँमा रेमिट्यान्स कम्पनीमार्फत दैनिक ६० हजारभन्दा बढी नगद पठाउन र झिक्न नपाइने भएको छ।

    एक पटक वा दैनिक ६० हजारभन्दा बढी नगद पठाउन र झिक्न नपाइनेगरी राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको नगद कारोबारमा कडाई गरेको हो।

    ६० हजारभन्दा बढी रकम एकै पटक पठाउनु परेको खण्डमा बैंक खातामार्फत पठाउनुपर्नेछ। अथवा अर्को दिन पुनः ६० हजार रुपैयाँसम्मकै रकम रेमिट्यान्स कम्पनीमार्फत पठाउन सकिनेछ।

    यसअघिसम्म दैनिक वा एक पटकमा १ लाख रुपैयाँसम्म नगद पठाउन र झिक्न पाइने व्यवस्था थियो। २ लाखसम्मको कारोबार व्यवस्थालाई वैशाखदेखि १ लाखमा झारिएको थियो। यो रकम पनि बढी भएको भन्दै राष्ट्र बैंकले अहिले ६० हजारमा झारेको हो।

    नगद कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले आन्तरिक रेमिट्यान्समा यस्तो व्यवस्था गरिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए। ‘सर्वसाधारणलाई बैंकिङ कारोबारमा प्रोत्साहन गर्न र नगद कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले यो व्यवस्था गरिएको हो’ ढकालले सेतोपाटीसँग भने।

    ठूलो कारोबार बैंकिङ प्रणालीबाटै गर्नुपर्नेमा उनले जोड दिए। यदी रेमिट्यान्स कम्पनीबाटै सोभन्दा बढी रकम पठाउन वा झिक्नु परेको खण्डमा अर्को दिन कारोबार गर्न सकिने उनले बताए।

    यो व्यवस्थालाई रेमिट्यान्स कम्पनीहरुले पनि सहयोग गर्ने बताएका छन्। आइएमई रेमिट्यान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यो व्यवस्थाले नगदको दुरुपयोग घटाउने विश्वास व्यक्त गरे। चोरिने, हराउने वा नष्ट हुने समस्यालाई पनि यसले घटाउने उनको भनाई छ।

    आन्तरिक रुपमा एउटा व्यक्तिले पठाउने रेमिट्यान्स रकम धेरै नहुने भएकाले ६० हजारको सीमा कम नभएको उनले बताए। ठूलो रकम पठाउन परेमा सर्वसाधारण बैंकतिर जानुपर्ने हुँदा रेमिट्यान्स कम्पनीको व्यवसाय घट्ला नि ? भन्ने प्रश्नमा उनले भने ‘व्यवसायमा केही असर पर्ला, तर राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्न भनेर ल्याएको व्यवस्थालाई कार्यान्वयन गर्नु हाम्रो दायित्व पनि हो।’

     रेमिट्यान्स कम्पनीहरु पनि नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल प्रणालीको विकास गर्नुपर्ने पक्षमा रहेको उनले बताए। ‘यही कारण अहिले रेमिट्यान्स कम्पनीहरुले मोवाइल वालेटको विकास गर्ने क्रम बढेको छ, अन्य डिजिटल प्रणालीको विकास हुँदै गएको छ’ उनले भने।

    रेमिट्यान्स कम्पनीबाटै व्यवस्थाको दुरुपयोग
    एक पटकमा ६० हजारसम्म पठाउन पाउने व्यवस्थाको दुरुपयोग झनै बढ्ने भएको छ। यसअघि १ लाख रुपैयाँसम्मको व्यवस्था हुँदा पनि त्यसको दुरुपयोग हुने गरेको थियो। रेमिट्यान्स कम्पनीहरुले नै यो व्यवस्थाको दुरुपयोग गर्ने गरेको पाइन्छ।

    रेमिट्यान्स कम्पनीहरुले धेरै रकम भएको खण्डमा आफ्नै कर्मचारीको सहयोगबाट धेरै रकम पठाउने र प्रदान गर्ने काम गर्दै आएका छन्। ‘पठाउनेतिर हाम्रै नामबाट र रकम झिक्नेतिर त्यहाँ भएका कर्मचारीको नाममा पठाइदिन्छौँ, तपाईहरुले त्यहाँका कर्मचारीबाट रकम लिन सक्नुहुन्छ’ रेमिट्यान्स कम्पनीमा कार्यरत एक कर्मचारीले भने।

    यस्तो दुरुपयोग राष्ट्र बैंकलाई भने थाहै छैन। यदी रेमिट्यान्स कम्पनीका कर्मचारीहरुले त्यस्तो गरेको पाइएमा कारबाही हुने राष्ट्र बैंकले जनाएको छ। ‘कर्मचारीको सहयोगमा व्यवस्थाको दुरुपयोग गर्नु अपराध हो, त्यस्तो गरेको पाइएमा कारबाही हुन्छ’, ढकालले भने।

    यस्ता दुरुपयोग हटाउनतिर नभई राष्ट्र बैंक सीमा घटाउनतर्फ मात्रै केन्द्रित भएको देखिन्छ। कागजमा नयाँ व्यवस्था बनाउँदै जाने, व्यवहारिक कारोबारमा भने व्यवस्थाको दुरुपयोग हुँदै जानुले नियामकको कार्य कुशलताप्रति नै प्रश्नचिन्ह खडा भएको छ।

    विदेशबाट पठाउने र झिक्ने रकममा भने पुरानै व्यवस्था
    विदेशबाट रेमिट्यान्स रकम पठाउनेहरुको हकमा भने सीमा तोकिएको छैन। पठाउनेको रकममा सीमा नतोकिए पनि झिक्नेले भने रेमिट्यान्स कम्पनीबाट दैनिक १ लाखभन्दा बढी नगद पाउने छैनन्।

    एक लाखभन्दा बढी रकम आएको खण्डमा रेमिट्यान्स कम्पनीहरुले बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था छ। अथवा अर्को दिन त्यति नै रकम नगदमार्फत भुक्तानी हुनेछ।

    विदेशबाट आएको रेमिट्यान्स रकम नगदमा झिक्न पाइने अहिलेको सीमा भने कम भएको पोखरेलले बताए। ‘विदेशबाट आउने रकम ठूलो हुन्छ, तसर्थ यो १ लाख रुपैयाँ कमी हो, यसलाई बढाउन हामीले सुझाव दिएका छौँ’ उनले भने।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.