कैलासबावु श्रेष्ठ/गोरखा
माघ २१ गते । नेपाली काँग्रेस गोरखाले सोमबार गोरखा सदरमुकाममा विरोध रयाली गरेको छ ।

नेपाली काँग्रेस गोरखाको आयोजनामा नेकपा सरकारको ज्यादतीका बिरुद्व निकालिएको बिरोध रयालीमा गाउँ गाउँ देखी सर्व साधारणहरुको सहभागिता रहेको थियो ।

नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकालिएको रयालीले ठुलो आँगन, पदेली, पुरानो बसपार्क, शक्तिचोक हुदै कालिमाटी बजारमा पुगेर कोण सभा गरेको थियो ।

कोण सभालाई नेपाली काँग्रेका प्रदेश सभा सदस्य मनकुमारी गुरुङ्गका साथै प्रकाशचन्द्र दवाडीले समेत संबोधन गरेका थिए ।



