×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

एक वर्षभित्र देशैभर फोरजी सेवा

  •  
  • सोमबार, माघ २१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विश्वास रेग्मी

    काठमाडौं, माघ २१ गते । फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ ।  आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस् नेटवर्क(¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेशनल(सीसीएसआई) हङ्कङ्सँग सम्झौता गरेको हो ।
    दुवै कम्पनीसँगको सम्झौता अनुसार एक वर्षभित्रै देशभर चौथो पुस्ताको (फोरजी) सेवा विस्तार हुनेछ । सम्झौतामा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दुवै कम्पनीका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको थियो ।
    नेपालमै पहिलोपटक २०७३ साल पुस १७ गतेबाट फोरजी सेवा सुरु भएको हो । टेलिकमको यो सेवा अहिलेसम्म काठमाडौँ उपत्यका र पोखरामा मात्रै सिमित छ ।
    देशैभर एकैपटक फोरजी सेवा विस्तार गर्ने लक्ष्यका साथ टेलिकमले गत वर्ष पुस १७ र २२ गते सेवाका लागि आवश्यक कोर नेटवर्क र ¥यानका लागि विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो ।
    बोलपत्र अनुसार अप्टिकल कोरका लागि जेडटीईले एक करोड ५३ लाख डलर, सिङ्गापुरको मभिनिरले दुई करोड १० लाख डलर र चिनियाँ कम्पनी हुवावेले तीन करोड ८० लाख अमेरिकी डलर रकम कबुल गरेका थिए ।
    त्यस्तै दुई चरणमा छुट्याइएको ¥यान १ र २ मा जेडटीई र सीसीएसआईले मात्र सहभागिता जनाएका थिए । त्यसमध्ये रयान १ मा जेडटीईले नौ करोड ९८ लाख डलर र सीसीएसआईले आठ करोड ४७ लाख डलर कबुल गरेका थिए । ¥यान २ मा भने जेडटीईले ८ करोड ८९ लाख र सीसीएसआईले ८ करोड २२ लाख डलर रकम कबुल गरेको थियो । त्यतिबेला ३४ महिनाभित्र देशभर फोरजी सेवा विस्तार गर्नुपर्ने शर्त टेलिकमले राखेको थियो ।
    टेलिकमले फोरजीका लागि आह्वान गरेको बोलपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताको आशंकामा यसको अनुसन्धान थालेको थियो । दुई महिनाअघि आयोगले फोरजी विस्तारसम्बन्धी सम्पूर्ण जिम्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई गर्न निर्देशन दिएपछि रोकिएको प्रक्रिया अगाडि बढेको थियो । मन्त्रालयले फोरजी ठेक्काको सम्झौता गर्नुअघि सहभागी कम्पनीलाई एक वर्षभित्रै सम्पन्न गर्नुपर्ने शर्त राखेको थियो । सोही शर्तमा सहभागी कम्पनीले प्रतिबद्धता जनाएपछि टेलिकमले आइतबार अन्तिम सम्झौता गरेको हो । सम्झौता मितिदेखि एक वर्ष गणना हुने गरी सम्बन्धित् कम्पनीले विस्तारको काम सम्पन्न गर्नुपर्नेछ ।
    काठमाडौँ र बुटवलमा मुख्य कोर रहने यस परियोजना सातै प्रदेशमा विस्तार हुनेछ । अहिलेको विस्तारबाट कम्पनीले ६५ लाख थप फोरजी ग्राहक बढाउन सक्नेछ । करिब १९ अर्ब लगानी रहने यो परियोजनालाई कम्पनीले टूजी, थ्रीजी र फोरजी ओभरले हुने गरी सञ्चालन गर्नेछ । यसो हुँदा ग्राहकले आफ्नो छनोट अनुसार जुनसुकै पुस्ताको इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।
    यो परियोजना अन्तर्गत देशभर कुल ६ हजार ७३७वटा बीटीएस स्टेसन थप हुने कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार फोरजी विस्तारको काम सम्पन्न भइसकेपछि यसलाई सफट्वेयरकै प्रयोगमार्फत एड्भान्स फोरजी अर्थात ४.५ जी सम्म अपगे्रड गर्न सकिनेछ । त्यस्तै फ्रिक्वेन्सी प्राप्त विद्यमान ब्यान्डमै फाइभजीको अनुमति प्राप्त भए अहिलेकै टावरमार्फत फाइभजीमा अपगे्रड गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो ।
    सम्झौता अनुसार फाइभजीको अनुमति प्राप्त गरेपछि सम्झौता गरेका कम्पनीले देशका विभिन्न चार ठाउँमा निःशुल्क रूपमा फाइभजी परीक्षण समेत गर्नेछन् ।
    विश्वभर भिडियो कन्टेन्टका लागि प्रयोग गरिने फोरजीमा प्रयोगकर्ताले दूत गतिमा डेटा र भ्वाइस प्रयोग गर्न सक्नेछन् । फोरजीमा ‘हाइ डेफिनेसन’ अर्थात एचडी गुणस्तरको भ्वाइस हुने कम्पनीले जनाएको छ । त्यस्तै घरभित्रको प्रयोगका लागि ‘स्मल सेल विथ वाईफाई’ सुविधा उपयोग गरी इन्टरनेट चलाउन सकिने कम्पनीले जानकारी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले १८ सय ब्यान्डमा फोरजी सञ्चालनको अनुमति दिएको छ ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.