दीपक श्रेष्ठ/गोरखा
माघ २० गते-गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुदै आएको सेवासुबिधा र बिकास निर्माणका बारे नागरिकहरुको अभिमत बुझ्न सार्वजनिक सुनुवाई गरेको छ । वडा नम्बर ६ को ताकुकोटमा शनिबार भएको सार्वजनिक सुुनुवाइमा नागरिकहरुले जनप्रतिनिधिहरु प्रति गुनासै गुनासो पोखेका छन् ।
गाउँपालिका भित्रका ८ ओटै वडाका जनप्रतिनिधि सहित नागरिकहरुको सहभागिता रहेको सार्वजनिक सुनुवाईमा सहभागीहरुले गाउँपालिकाले अझै पनि व्यवस्थित सेवा प्रवाह र बिकास निर्माणको काम अघि बढाउन नसकेको गुनासो पोखेका हुन ।
सार्वजनिक सुनुवाईमा बोल्दै वडा नंम्बर ३ का दल बहादुर गुरुङले सडक जोड्ने नाममा जथाभावी ट्रयाक खोल्ने क्रम बढेको भन्दै त्यसलाई रोक्न आग्रह गर्नुभयोे । उहाँले भन्नुभयो ‘जताततै सडक बनेका छन्, तर एक दिन अलिकति पानी पर्ने बित्तिकै ७ गाडी चल्न सक्दैन ।’
यस्ता खालको बिकासले जनतालाई राहातको अनुभुती नुहने भन्दै उहाँले भन्नुभयो, बरु एउटा मात्र बाटो होस तर बाह्रै महिना चल्ने खालको बाटो बनाउनु प¥यो । कार्यक्रममा बारपाक सुलीकोट गाउँपालिका–६ का तिल बहादुर फेवालीले वडा भित्र व्यवस्थित खानेपानी पु¥याउन धेरै पटक माग गरेको भएपनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।
गाउँपालिका, प्रदेश र केन्द्र कसले हेर्ने हो त्यो हामीलाई थाहा छैन उहाँले भन्नुभयो, तर गाउँका जनताले खानेपानीको सुविधा पाउनु प¥यो । सार्वजनिक सुनुवाई सहभागी कतिपयले भने बिकास निर्माणका काम सन्तोषजनक रुपमा अघि बढेको भएपनि अनुगमनको पाटो प्रभाकारी हुुन नसकेको बताएका छन् ।
कार्यक्रममा बोल्दै वडा नम्बर ६ का सन्तोष सुवेदीले अब बिकासका काम मात्रै भनेर नहुदै भन्दै योजना कार्यान्वयनको लागि प्रभावकारी अनुगमन गर्न गाउँपालिकाले संयन्त्र बताउनु पर्नेमा सुुझाव दिनुभयोे । उहाँले अनुगमन फतलो भए लगानी अनुसारको बिकासमा प्रतिफल आउन नसक्ने भन्दै गाउँपालिका सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका भित्रका करिव २ सय जना भन्दा बढि नागरिकहरुको सहभागिता रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने अधिकासंले सडक पूर्वधारको बिकास, शिक्षा, स्वास्थ, खानेपानी, बिद्युत कषि लगायतका क्षेत्रलाई प्राथामिकतामा राखेर अघि बढ्न गाउँपालिकालार्ई सुझाव दिएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्णु भट्टले गाउँपालिकाले गर्ने बिकास निर्माणको काम समानुपातिक ढंगले अघि बढाएको बताउनुभयो । उहाँले योजना तथा कार्यक्रमहरु छनोट गर्दा आबश्यकताको आधारमा छनोट भएको भन्दै त्यसको कार्यान्वयनका लागि सवै नागरिकहरु सचेत रहनु पर्नेमा जोड दिनुभयो ।
उहाँले बिकास निर्माणका काम यो वा त्यो नभनी लाग्नु पर्ने भन्दै जनतालाई चाहिएको बिकास भएकाले जसले बिकास गर्छ उसैलाई जनताले साथ दिने बताउनुभयो ।


