गोरखा समाचारदाता
माघ १९ गते । सनिबार बिहान पोखरामा नचिनेका ब्यक्तिहरुले सरकारी सवारी साधनमा आगजनी गरेका छन ।
आगजनि बाट पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको बा. १ झ ५८७९ नम्बरको गाडी पूर्ण रुपमा ध्वस्त भएको छ । स्कुटरमा आएका दुई जना मध्ये एक जनाले उत्त गाडीलाई रोकी बिदाको दिनमा पनि किन सवारी चलाएको भन्दै पट्रोल छर्किएर आगजनी गरेर भागेका थिए ।
प्रहरीले आगजनि गर्ने ब्यक्तिको खोजी तिब्र पारेको छ । उत्त सवारी साधान नेपाली काँग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघमा आबद्व कुनै विद्यार्थीहरुले आगो लगाएको हुन सब्ने अनुमान प्रहरीले गरेको छ । घटना मासबारमा घटेको थियो ।




















