×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हिउँले सेताम्मे बन्यो रारा

  •  
  • शनिबार, माघ १९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजबहादुर शाही

    माघ १९, २०७५ मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा हिउँले सेताम्मे बनेको छ । रारा वरिपरिका रूख/बिरुवा हिउँमय बनेका छन् । भारी हिमपातका कारण सडक अवरुद्ध बनेपछि रारामा पर्यटकको संख्या भने शून्य छ ।

    सूर्यको पारिलो घामले हिउँले सेताम्मे बनेको रारा चाँदीजस्तै टल्किने गरेको पर्यटन व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार राराले दिनमा तीनपटक रूप बदल्ने गरेको छ । हिउँले रारा मनमोहक बनेको भिजिट कर्णाली ट्राभल्सका प्रबन्धक राजु कार्कीले बताए । रारामा हिउँ हेर्न जाने पर्यटकलाई ट्राभल्सले प्याकेज सञ्चालन गरिरहेको उनको भनाइ छ ।

    अहिले रारामा आउने पर्यटकले मज्जाले एक सातासम्म पनि हिउँमा खेल्न पाउने उनी बताउँछन् । हिउँमा घोडा कुदाउनेका लागि पनि राराको अहिलेको मौसम उपयुक्त रहेको उनको भनाइ छ । मुर्माटपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त मानिएको उनले जनाए ।

    सेताम्मे हिउँले रारा झनै रमाइलो देखिन थालेको डाँफे होटलका प्रबन्धक बलिबहादुर शाहीले बताए । राति चन्द्रमा लागेपछि हिउँले रारा टल्किने गरेको उनी बताउँछन् । हिउँले सडक मार्ग अवरुद्ध भएकाले पर्यटक आउन समस्या भएको उनको भनाइ छ ।

    रारा आउनका लागि काठमाडौं र नेपालगन्जबाट हवाई उडान हुने गरेका छन् । रारामा आउने आन्तरिक र बाह्य पर्यटकका लागि ताल छैवैमा भिलेज हेरिटेज रिसोर्ट र डाँफे होटल छन् । साथै माझघट्टमा होमस्टेको व्यवस्था गरिएको छ । अहिले पर्यटकका लागि विभिन्न स्थानीय परिकार सहजै पाइने पर्यटन व्यवसायीको भनाइ छ ।

    हिमपातले रारा तालमा डुंगा चलाउनेदेखि एक सयभन्दा बढी घोडा व्यवसायीलाई असर परेको छ । पर्यटक नआएपछि घोडाले काम पाउन मुस्किल भएको मुर्मा गाउ‘का गोर्ख रोकायाले सुनाए । हिमपातले चिसो बढेपछि जिल्लाभित्रका स्थानीयसमेत रारातिर घुमघाम गर्न जान छाडेका छन् । हिमपातले पर्यटक घटेपछि होटल सञ्चालक चिन्तित भएका छन् । गाडीको चाप भइराख्ने जुम्लाको घुच्चीडाबका एक दर्जन बढी होटल पनि सुनसान छन् ।

    समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको रारामा दुई साताअघि परेको हिउँ अझै बिलाएको छैन । पाँच हजार मिटर लम्बाइ, ३ हजार मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको राराको वरिपरि एक फन्को मार्न ६ घण्टा लाग्ने गरेको छ । विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा रारामा पाइन्छन् । कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्त्वपूर्ण मानिन्छ ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.