×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सकेसम्म नमिलाऔँ हात

  •  
  • शनिबार, माघ १९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • अभिवादन गर्नलाई नमस्कारभन्दा स्वस्थकर बाटो छैन
    • हातको स्वच्छता रोगबाट बचाउको सर्वोत्तम उपाय

    अतुल मिश्र

    माघ १९, २०७५ काठमाडौँ — अभिवादनको प्रक्रियाअन्तर्गत ‘हात मिलाउँदा’ के हुन्छ ? सूक्ष्म दृष्टिले हेर्ने हो भने, यस्तो गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा विभिन्न प्रकारका संक्रमण सर्न सक्छन् । यसरी हातका माध्यमले आएका कीटाणुले विभिन्न रोग पनि उत्पन्न गर्न सक्छन् ।

    यसैले केही वर्षयता अभिवादनको पश्चिमा प्रक्रिया हात मिलाउनुको दाँजोमा पुर्वेली नमस्कारलाई स्वस्थकर मानिएको छ ।

    ‘हात मिलाउँदा संक्रमित व्यक्तिले स्वस्थ व्यक्तिमा मौसमी रुघाखोकी र यसअन्तर्गतको स्वाइन फ्लु र हङकङ फ्लु मात्र नभई निमोनिया, झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिस ए र ई, क्षयरोग, जियार्डियासिस, पोलियो, आउँलगायतका थुप्रै रोग सार्न

    सक्छ,’ सूक्ष्म जीव विज्ञान विशेषज्ञ, प्रा.डा. शिवकुमार राई भन्छन्, ‘अभिवादनअन्तर्गत हात मिलाउँदा भाइरस, ब्याक्टेरिया, प्रोटोजोवा, फंगस आदि एक हातबाट अर्को हातमा सहजै प्रसार हुन्छन् ।’

    कीटाणु फैलिने सबैभन्दा सामान्य तरिका व्यक्तिविशेषको हातसँगको सम्पर्क हो । धेरैजसो कीटाणु हानिरहित भए पनि केही कीटाणुले संक्रामक रोग सार्न सक्छन् । सन् २०१४ को अमेरिकन जर्नल अफ इन्फेक्सन कन्ट्रोलमा प्रकाशित एउटा अध्ययन अनुसार, हात मिलाउनुले १० गुणा बढी ब्याक्टेरियासम्म सार्न सक्छ ।

    प्रोसेडिङस अफ द नेसनल एकेडेमी अफ साइन्समा सन् २००८ मा प्रकाशित अध्ययनअनुसार, मोटामोटी रूपमा हामी आफ्नो हातमा १ सय ५० प्रजातिका करिब ३ हजार २ सय ब्याक्टेरिया बोकिरहेका हुन्छौं । यस्तै, जीवन अवधिमा करिब १५ हजार पटकहात मिलाइन्छ ।

    हालका दिनमा अभिवादन प्रक्रियाअन्तर्गत स्वास्थ्यबारेमा सचेत हुनु सान्दर्भिक रहेको औंल्याउँदै वरिष्ठ जनस्वास्थ्य विशेषज्ञ प्रा.डा. शरद वन्त भन्छन्, ‘तुलनात्मक रूपले हात मिलाउनुभन्दा नमस्कार गर्नु धेरै सुरक्षित छ ।’ समाजमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा) लगायतका अन्य संसर्गजन्य रोग बोकेर पनि धेरैजसो व्यक्ति घुमिरहने गरेको औंल्याउँदै उनी थप्छन्, ‘प्रत्यक्ष सम्पर्कबाट बाँच्ने

    प्रक्रिया अपनाउनु स्वास्थ्यको दृष्टिले फाइदाजनक नै हो ।’

    डा. राईका अनुसार, अभिवादनको परम्परागत एसियाली संस्कार नमस्कार हात मिलाउनुभन्दा राम्रो र अँगालो हाल्नुभन्दा धेरै उत्तम हो । अँगालो हाल्ने क्रममा एकअर्काको नाक र मुख नजिकै पर्ने भएकाले यसले संक्रमणको थप जोखिम बढाउँछ । हाल देखिएको मौसमी रुघाखोकीअन्तर्गत स्वाइन फ्लुलगायतका प्रकोप बढाउनसमेत हात मिलाउने प्रक्रियाले भरथेग गरिरहेकोविज्ञहरू आंैल्याउँछन् ।

    मौसमी रुघाखोकीअन्तर्गतका स्वाइन फ्लु, हङकङ फ्लु, इन्फ्लुएन्जा बी, भाइरसलगायतका संक्रमणबाट प्रकोपको समय बचाउ र नियन्त्रणको सर्वोत्तम उपाय हातको स्वच्छता हो । यसैले आफू र अन्य व्यक्तिलाई स्वस्थ राख्न सकेसम्म हात नमिलाउने र बारम्बार हातलाई साबुनपानीले उपयुक्त तरिकाले सफा गर्ने गर्नुपर्छ ।

    हात मिलाउँदा रुघाखोकी लगायत थुप्रै रोगका कीटाणु एकबाट अर्कोमा सर्न सक्ने आंैल्याउँदै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘मौसमी रुघाखोकीको प्रकोप देखिने समयमा हात मिलाउन छोडेर र नियमित रूपमा साबुनपानीले हात धँुदै गरे यो समस्यामा ५० प्रतिशतसम्म कमीआउन सक्छ ।’

    मौसमी रुघाखोकी सुुत्दा वा सासका माध्यमभन्दा बढी हातका माध्यमले फैलिने गरेको छ । यसले हातका माध्यमले अनुहारमा र फेरि आँखा, नाक, कान र मुखका माध्यमले हाम्रो शरीरमा हमला गर्छ ।

    हामी जानेर वा नजानेरै थुप्रै वस्तु छोइरहेका हुन्छौं । हामी सबैले समात्ने बसको रड, ढोकाको हयान्डल, बिजुलीको स्विच, टेलिफोन, किबोर्डलगायत थुप्रै वस्तु छुने गरेका छौं । यसमा लुकेका कीटाणु र ब्याक्टेरियाले हाम्रो हातका माध्यमले हाम्रो शरीरमा गएर असर देखाउँछन् भने, हात मिलाउँदा अर्को व्यक्तिमा समेत सर्छन् ।

    खुल्ला हातलाई कीटाणुमुक्त राख्नु हामी सबैका लागि असम्भव नै हुन्छ । यसैले हातमा ब्याक्टेरिया, भाइरस लगायतका अन्य सूक्ष्म जीवको संख्यामा कमी ल्याउन नियमित साबुनपानीले हात धुनु उपयुक्त हुन्छ ।

    औंठी र ब्रासलेट हातको स्वच्छतामा बाधक मानिन्छन् । बिरामीको सम्पर्कमा आउनेहरूले यी वस्तु लगाउनु हँुदैन । औंठीले हातमा सूक्ष्म रोगाणुहरूको उपस्थितिसँगै ग्लब्स च्यातिने जोखिमसमेत बढाउँछ ।

    अस्पताललाई ‘हयान्डसेकमुक्त क्षेत्र’ बनाउनुपर्छमुलुकको एक मात्र सरुवा रोगसम्बन्धी केन्द्रीय अस्पताल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललाई हयान्डसेकमुक्त क्षेत्र बनाउने सोच राखिएको छ ।

    अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले विभिन्न संक्रमणको आशंकालाई बिरामी, स्वास्थ्यकर्मी र निजका आफन्तमा कमी ल्याउन टेकु अस्पताललाई छिट्टै हयान्डसेकमुक्त क्षेत्र बनाउने बताए । यसले संक्रमण नियन्त्रणमा थप टेवा पुग्ने उनको धारणा छ ।

    उनका अनुसार, मुलुकको अन्य स्वास्थ्य संस्थालाई समेत हयान्डसेकमुक्त क्षेत्र बनाउँदा संक्रामक रोगको प्रसारण रोक्नमा कोसेढुंगा सावित हुने थियो ।

    डा. राईका अनुसार चिकित्साकर्मीले बिरामीहरू छोइरहने हुनाले उनीहरूको हातमा सामान्यभन्दा बढी कीटाणु हुन्छन् । अस्पतालमा चिकित्साकर्मीले एउटा बिरामी हेरिसकेपछि अर्को बिरामी हेर्दा हात धुनु अनिवार्य भए पनि व्यवहारमा धेरैजसोले यो प्रक्रिया पूरा नगर्ने डा. राई बताउँछन् । यसले चिकित्साकर्मी र बिरामी दुवै जोखिममा पर्छ ।

    अस्पतालजन्य संक्रमणको सम्भावनासमेत हात नधुने, हात मिलाउने आदि प्रक्रियाले बढाउने गरेको औंल्याउँदै डा. राई भन्छन्, ‘एक रोगले अस्पताल भर्ना हुने व्यक्ति अस्पताल बस्दाबस्दै अर्को संक्रमणको समेत सिकार हुन्छन् ।’

    हात धुने उचित प्रक्रिया

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले राम्ररी हात धुनलाई न्यूनतम १५ सेकेन्ड खर्चिनुपर्ने जनाउँदै आएको छ । यो त्यतिकै समय हो जतिमा तपाईं ‘हयाप्पी वर्ड डे टु यु’ गीत दुई पटक गाउन सक्नुहुन्छ । बच्चालाई राम्ररी हात धुन सिकाएर एउटा राम्रो बानीको विकास गर्न सकिन्छ ।

    उचित प्रकारले हात धुन पानीमा हात भिजाएर पर्याप्त साबुन लिएर हातमा राम्ररी फैलाउनुपर्छ । यसपछि दुवै हातलाई राम्ररी दल्नुपर्छ । दायाँ हातलाई बायाँ हातको माथि दल्दै औंलाको बीचमा समेत राम्ररी सफा गर्नुपर्छ । र, फेरि यसलाई विपरीत क्रममा समेत गर्नुपर्छ । यस्तै दुवै हातलाई आपसमा दल्दै औंलाको बीचमा राम्ररी सफा गनुपर्छ ।

    यस्तै दुवै हातको औंलालाई आपसमा समातेर औंलाको पछाडिको खण्ड अर्को हातमा दल्नुपर्छ । बायाँ औंठीलाई दायाँ हातमा समातेर घुमाउँदै दल्नुपर्छ । र, फेरि यस्तै विपरीत क्रममा समेत गर्नुपर्छ ।

    दाहिने हातको औंलालाई बायाँ हातमा समातेर घुमाउँदै अगाडि र पछाडि दल्नुपर्छ । र, यस्तै विपरीत क्रममा समेत गर्नुपर्छ । पानीले राम्ररी हात धुनुपर्छ ।

    हात धुँदाताका हात र औंलामा लगाइएका गहना उतार्नुपर्छ । गहनालाई सफा गर्नु धेरै अप्ठयारो छ र यो धुलाइको यान्त्रिक प्रक्रियामा ब्याक्टेरिया र भाइरसलाई लुकाउँछ ।

    धोएको हात सफा तौलियाले राम्ररी पुछ्नुपर्छ । यसरी तपाईँकाे हात सुरक्षित हुन्छ । हात राम्ररी धोएर त्यसलाई आफूले लगाएको लुगाको तुना, खल्तीमा राखिएको रुमालले वा सारीको आँचलले पुछ्नु हुँदैन । यसमा कीटाणु रहन्छन् जो, चिसो हातमा टाँस्सिन्छन् । चिकित्सकहरूका अनुसार सफा ठाउँमा राम्ररी घाममा सुकाइएको तौलियाले नै हात पुछ्नुपर्छ । तौलियालाई भनेउम्लिरहेको पानीमा धुनुपर्छ जसले गर्दा त्यो कीटाणुमुक्त रहोस् ।

    कति खेर हात धुने ?

    – बाथरुम प्रयोग गरेपछि

    – शिशुहरूको डायपर फेरेपछि

    – अस्पताल जानुअघि र फर्केपछि

    – जनावर र जनावरसम्बन्धीफोहोर छोएपछि

    – खाना पकाउनुभन्दा अघि र पछि

    – खानुभन्दा अघि

    – नाक सफा गरेपछि

    – हातमा खोके वा हाच्छिउँ गरेपछि

    – नाक, आँखा, कान कोट्टयाएपछि

    – कन्टेक्ट लेन्सलाई आँखामा हाल्नुअघि र झिकेपछि

    – सार्वजनिक सौचालयकोप्रयोग गरेपछि

    – घाउ वा काटिएको भागलाई छुनुभन्दा अघि र छोएपछि

    – बिरामी वा घाइते व्यक्तिलाई छुनुभन्दा अघि र छोएपछि
    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.