कैलासबावु श्रेष्ठ/गोरखा
माघ १८ गते । गोरखाको शहिद लखन गाउँपालिकामा हालै निर्माण सम्पन्न भएको प्रहरी चौकीएको एक कार्यक्रम बिच प्रहरी नायब महानिरिक्षक दान सिंह बोहराले समुघाटन गरे ।
शहिद लखन गाउँपालिका ७ को बुंकोटमा निर्माण सम्पन्न भएको उत्त चौकी शुक्रबार बोहराले समुदघाटन गरेका हुन ।
तात्कालीन माओवादी सरकार युद्वका बेला माओबादीले त्यहा रहेको भवन बम विष्फोट गरी ध्वस्त पारीदिए पछि पछिल्लो समय प्रहरीले अस्थायी प्रहरी क्याम्प खडा गरी सेवा दिदै आएको थियो । भवन पुनःनिर्माण प्राकिरणको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

समदुघाटन कार्यक्रममा वडाध्यक्ष सरण श्रेष्ठ, रणसिंह दल गणका गणपति चन्दनसिंह थापाका साथै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भोला बहादुर रावलको समेत उपस्थिती रहेको थियो ।
तस्विर सौजन्य सरण श्रेष्ठ


