नरेन्द्र ढकाल/गोरखा
माघ १६ गते । बुढीगण्डकी डुबान क्षेत्रमा हालसम्म १९ हजार रोपनी भन्दा बढि क्षेत्रफलको मुआब्जा वितरण भएको छ । गोरखा तर्फको करिब २७ हजार रोपनी डुबान क्षेत्र मध्ये हालसम्म करिब १९ हजार रोपनीको मुआब्जा वितरण गरिएको हो । निर्धारण भएको मध्ये अझै ८ हजार रोपनी क्षेत्रफलको मुआब्जा वितरण हुन बाँकी छ । ‘अहिलेसम्म हाम्रो गोरखा तर्फ करिब १९ हजार रोपनी क्षेत्रफलको मुआब्जा वितरण भएको रहेछ’ मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भने ‘अब ८ हजार जति बाँकी छ त्यसको किन हुन नसकेको हो ? भनेर मैले आयोजनाका साथीहरुलाई सोधेको छु ।’ आरुघाट र आरखेत बाहेक गोरखामा करिब २७ हजार रोपनी जमिन बुढीगण्डकी डुबान क्षेत्र पर्ने आयोजना कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म आरुघाट र आखेतको भने मुआब्जा निर्धारण हुन सकेको छैन ।
मंगलबार बसेको जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले बाँकी रहेका क्षेत्रको मुआब्जा वितरणलाई तिब्रता दिने निर्णय गरको छ । मुआब्जा निर्धारण भएको लामो समय भइसक्दा समेत कोहीले रकम पाउने कोही नपाउने अबस्था भएको भन्दै प्रजिअ श्रेष्ठले राज्यले काखापाखा गर्न नहुने कुरामा जोड दिएका थिए । ‘कर्मचारी अभावले हो की, के कारणले हो ? समस्या भए हल गर्छु भनेर मैले भने’ प्रजिअ श्रेष्ठले भने ‘केहीको प्रक्रियामा रहेछ कतिपय सम्र्पक मै आउनु भएको रहेनछ ।’ विदेशमा भएका, देशका अन्य ठाउँमा पेशा व्यवासय गर्ने लगायतका विभिन्न व्यक्तिहरु आयोजनाले सूचना निकालेको लामो समयसम्म सम्र्पकमा नआएको उनले बताए । ‘सम्बन्धित व्यक्तिले पनि चासो राख्नु प¥यो, कतिपयले अहिले सम्म मुआब्जा पाउँ भनेर निवेदन नै दिनुभएको रहेनछ’ उनले भने ‘उहाँहरुलाई कसरी सहजिकरण गर्न ? भन्ने बारेमा पनि छलफल भएको छ ।’
बैठकले प्रभावितको खातामा ३७ करोड रकम निकास गर्ने निर्णय गरेको छ । साबिकको बोलाङ्र्ग, नाम्जुङ र फुजेलका प्रभावितको खातामा उक्त रकम पठाउने निर्णय गरिएको बुढीगण्डकी आयोजना पुर्नवास तथा पुर्नस्थापना इकाईका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । ‘प्रक्रिया पुरा भएका प्रभावितहरुलाई मुआब्जा वितरण गर्न ३७ करोड रकम बैंकमा पठाउने निर्णय भएको छ’ उनले भने ‘१÷२ दिनमै उहाँहरुको खातामा उक्त रकम जान्छ ।’
अबको एक हप्ता भित्र साबिकको धावा गाविसका प्रभावितको पनि मुआब्जा रकम बैंक पठाइने उनले बताए । त्यसपछि बाँकी रहेका तान्द्राङ, आरुपोखरी, आरुचनौटेको क्रमश मुआब्जा वितरणका हुने कार्कीको भनाई छ । बैठकले घर, गोठ बोट बिरुवाको मुआब्जा वितरण पनि तत्काल सुरु गर्ने निर्णय गरेको छ । ‘त्यसका लागि हामीले मोबाइल एप्स निर्माण गरेका छौ’ उनले भने ‘त्यसले कसरी काम गर्ने भन्ने बारेमा विषगत कार्यालयहरुको लागि ओरेन्टेसन पनि गर्ने तयारी भएको छ ।’ सोही अनुरुप शहरी आवास तथा भवन डिभिजन, वन डिभिजन, कृषि ज्ञानकेन्द्र लगायतका कार्यालयका कर्मचारीहरुसँग छलफल गरिएको छ । आगामी १७ गते उक्त कार्यका लागि खटिने कर्मचारीहरुलाई अभिमुखिकरण समेत गर्न लागिएको कार्कीले बताए ।
मुआब्जा रकम वितरण गर्नका लागि मालपोत र नापी कार्यालयमा कर्मचारी कम हुँदा ढिलाई भएको उनको भनाई छ । राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निर्माण क्रममा गोरखा र धादिङका साबिकका २७ गाबिसका नागरिकहरु बिस्तापित हुँदै छन् । डुबान क्षेत्रमा हाल सम्म १९ अर्ब मुआब्जा रकम वितरण भइसकेको छ । यस वर्ष मात्र करिब १९ अर्ब रकम बिनियोजन भएको छ । उक्त रकमले मुआब्जा वितरणको काम सक्ने लक्ष्य लिइएको छ । मुआब्जा वितरण सँगै पुर्नबास र पुर्नस्थापनाको काम समेत अगाडी बढाइएको आयोजना कार्यालयको दाबी छ ।


