गोरखा समाचारदाता
नेपाली काँग्रेसले सगंठन सुद्रिढीकरण तथा प्रशिक्षणलाई तिब्रता दिएको छ । जसअनुसार क्षेत्र नम्बर २ को अजिकोट गाउँपालिकामा प्रशिक्षण कार्यक्रम भइरहेको क्षेत्रिय सचिव मानप्रसाद धितालले जानकारी दिए ।वडा नम्बर १ को घ्याच्चोक, २ को खरिबोट लगायतका ठाउँमा प्रशिक्षण सकिएको छ भने अन्य वडाहरुमा क्रमश गर्दै जाने उनले बताए ।
मुस्लिम संघका केन्द्रिय सभापती अब्दुल सतार, गण्डकी प्रदेश सदस्य एवं महिला संघकी जिल्ला अध्यक्ष मनकुमारी गुरुङ, ईश्वर परियार, रामप्रसाद भण्डारी, सिपि पोखरेल, जगत बराम, गोबिन्द गुरुङ, मानप्रसाद धिताल, मिना अधिकारी, गौरी तमाङ, ओम गुरुङ, सरस्वती धिताल लगायतले वर्तमान राजनितिक अवस्था, नेपाली काँग्रेसको भूमिका, नेता कार्यकताको काम कर्तव्य र अधिकारका बारेमा स्थानीय नेता कार्यकतालाई प्रशिक्षण दिइएको नेपाली काँग्रेस क्षेत्र नम्बर २ गोरखाले जनाएको छ ।


