कैलसबावु श्रेष्ठ/गोरखा
माघ १५ गते । गोरखाको ४ किलो भन्ने स्थानबाट मंगलबार प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीलाई प्राप्त विशेष सुराकीको आधारमा गस्तीका क्रममा गोरखा नगरपालिका वडा नम्बर १३ को ४ किलो भन्ने स्थानबाट वडा नम्बर १३ निवासी विश्व गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको गिरीको साथबाट लागु औषध डाईजेपाम ४२ एम्पुल, फेनारगन ४५ एम्पुल र नुर्फिन ४९ एम्पुल गरी १ सय ३६ एम्पुल लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरिक्ष महेन्द्र काफ्लेले जानकारी दिएँ ।
पक्राउ परेका गिरीलाई मंगलबार नै लागु औषध शिर्षक अन्तरर्गत गोरखा जिल्ला अदालतमा मुद्वा दर्ता गरी ५ दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरी उपरिक्षक भोला बहादुर रावलले जानकारी दिएँ ।
![]()
जिल्लामा नै यति ठुलो परिणाममा लागु औषध नियन्त्रणमा लिएको यो नै पहिलो पटक हो । प्रहरीका अनुसार यो ब्यवसायमा अरु पनि संलग्न भएको हुन सक्ने भन्दै गहन अध्ययन गरी रहेको कार्यालयले जानकारी दिएको छ ।


