कैलासबावु श्रेष्ठ/गोरखा
माघ १५ गते । रोजगारीमा रहदा विदेशमा खुट्टा गुमाएका गोरखा केशव लामिछानेलाई अमेरीकामा रहेका नेपालीहरुबाट ५ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ ।
न्यून आय भएका गोरखा भिमसेन थापा गाउँ पालिका–२ तान्द्राङका लामिछाने रोजगारीको शिलसिलामा भारतको पञ्जाब प्रान्तको हिसार क्षेत्रमा दुरघटनामा परी देब्रे खुट्टा गुमाए पछि अमेरीकामा रहेको गोरर्खालीहरुले सहयोग रकम उठाएर पठाएका थिए । उत्त रकम एक कार्यक्रम बिच प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ पिडित लामिछानेलाई हस्तान्तरण गरेका थिए ।
२० बर्षका लामिछाने घरमा आय श्रोत नभए पछि महिन्द्रा कम्पनीमा केही बर्ष देखी काम गर्दै आएका थिए । दुरघटना लगत्तै कम्पनीले सामान्य उपचार पछि उनलाई नेपाल फर्काइ दिएका थिएँ ।

घरमा कोही पनि नभएको र कमाई खाने लामिछानेको समेत अवस्था त्यस्तो भए पछि केही सहयोगिहरुले फेसबुक मार्फत सहयोग रकम संकलन गरी पठाएको छिमेकी चेत प्रसाद अंगाईले जानकारी दिएँ ।
अंगाईले रकम हस्तान्तरण कार्यक्रममा अमेरीकामा रहेका तुलसी प्रसाद अंगाई, सरोज स्वडारी, ठाकुर अंगाई, बासु लामिछाने, कमल लामिछाने समेतले फेसवुक बाट अभियान सञ्चालन गरेर संकलित रकम प्रजिअ मार्फत पिडित समक्ष वुझाएका हुन ।
रकम हस्तान्तरण गर्दै प्रजिअ श्रेष्ठले एउटा खुट्टा गुमाएदैमा हिम्मत नहार्न लामिछानेलाई आग्रह गर्दै आफ्नो तर्फबाट सहयोग आवश्यक परे निधक्क भएर भन्न समेत आग्रह गरेका थिएँ ।


