गोरखा समाचारदाता
जिपि कोइराला फाउण्डेशन गोरखाले प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
सरकारले संघिय सरकार अन्तरगत संचालन गर्ने सूचीबाट गिरिजा प्रसाद कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्र र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई हटाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
फाउण्डेशनका गोरखा संयोजक रामबाबु जोशीद्धारा हस्ताक्षरित पत्रमा पूर्वप्रधानमन्त्रीहरु स्वर्गिय जिरिजा प्रसाद कोइरालाको र शुसिल कोइरालाको नाममा क्रमश तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौडा र बाँकेको नेपालगंजमा संचालनमा आउने तयारीमा रहेको केन्द्र र अस्पताललाई नेकपाको नेतत्वको सरकारले समावेश नगरेको भन्दै बिरोध गरेको छ ।

नेपाली राजनितीका शिखर नेतृत्वकर्ताहरुको नाममा खुलेका संस्थाहरुलाई संचालनको सूचीमा समावेश नगरेर सरकारले गणतन्त्रकै अपमान गरेको फाउण्डेशनको आरोप छ । सोमबार प्रजिअ श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै संयोजक जोशीले तत्काल निर्णय सच्याएर दुवै अस्पताललाई सूतिकृत गर्न समेत गरेका छन् ।


