गोरखा समाचारदाता
बारपाक सुलिकोट गाउँपालिका ७ को पाँचखुवा देउरालीमा एम्बुलेन्स सेवा संचालनमा आएको छ ।
गाउँपालिकाको कार्यालय लगायत सामाजिक संजाल मार्फत संकलन भएको रकमबाट खरिद भएको एम्बुलेन्स सोमबार एक कार्यक्रमका बिच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् ।
वडा न ७ का वडाध्यक्ष कृष्ण गुरुङ को अध्यक्षतामा भएको कार्यक्रमा नेता श्रेष्ठ, गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, नेकपाका गण्डकी प्रदेस सदस्य प्रेम गुरुङ गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, वडा न ८ का अध्यक्ष कृष्ण बहादुर गुरुङ लगायतले बोलेका थिए ।


