गोरखा समाचारदाता
जिल्लाको सहिद लखन गाउँपालिका पशुसेवा कार्यलयको आयोजनामा निशुल्क पशु स्वास्थ सेवा शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर १ बक्राङमा भएको शिविरमा कुल १ सय ३९ घरधुरीका पशुपालक किसानहरु लाभाब्दित भएको शाखा प्रमुख सुदिप बि.कले जानकारी दिए । शिविरमा १ हजार ३ सय ५० बोका, बाख्रा र खसीको स्वास्थ परिक्षण गरिएको उनले बताए ।
त्यस्तै शिविरमा आजै ३ सय ठूलो चौपायाको स्वास्थ परिक्षण गरिएको थियो भने २९ पशु चौपाय बन्ध्याकरण गरिएको शाखा प्रमुख बि.कले जानकारी दिए । कार्यालयको आयोजनामा आज मनकामना पशु स्वास्थ शिविर हुने उनको भनाई छ ।




















