गोरखा समाचारदाता
नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गोरखाको अध्यक्षमा रामकुमार श्रेष्ठ विजयी भएको छन् ।
शनिबार जिल्ला सदरमुकाममा सम्पन्न संघको नवौ साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी रामजी श्रेष्ठलाई ४ मतको अन्तर पछि पार्दै उनी विजयी भएका हुन । विजयी रामकुमारले २१ मत उनका रामजी श्रेष्ठले १७ मत ल्याएका थिए ।
निर्वाचनमा ५ मत भने बदर भएको थियो । अधिवेनबाट देबु मास्के र सन्तोषी श्रेष्ठ जोशी (महिला सदस्य) र सदस्यहरुमा मिरा पाण्डे, सरोज अर्याल, कपिलबावु अर्याल, रुशबावु जोशी, भाईचन्द्र श्रेष्ठ, शित्तलकाजी मास्के, योंग कुमार श्रेष्ठ, सिताराम तिवारी, रामबावु जोशी र संगिता मास्के सदस्य पदमा चयन भएका छन ।
निर्वाचत सदस्यहरुबाट नै पहिलो बैठकले अन्य पदाधिकारीमा चयन गर्ने विधानमा उल्लखे भएको संघले जानकारी दिएको छ ।


