गोरखा समाचारदाता
नेपाल अग्रेजी भाषा शिक्षक सघंको जिल्ला अध्यक्षमा रामचन्द्र दुवाडी चयन भएका छन । शनिवार भएको अधिवेशनले उपाध्यक्षमा कृष्ण पराजुली, सचिवमा टेक बहादुर उपरकोटी, सहसचिवमा भाइकृष्ण सुनार र कोसाध्यक्षमा अनिल अम्गाईलाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा माधव तिवारी, दुर्गा अधिकारी, कमल थापा, लक्ष्मी श्रेष्ठ, प्रेम बहादुर कोइराला, प्रताप पाण्डे, भगवती अधिकारी, हरी नारायण श्रेष्ठ, कृण्ण बहादुर बि.क. र विण्णु दत्त अधिकारी रहेका छन् ।
नेल्टाका केन्द्रिय सदस्य होमराज खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष डा.नवराज न्यौपाने, प्रदेश नम्बर ५ का प्रतिनिधी संजिवकुमार सिंगल, दाङ जिल्लाका उपाध्यक्ष तुलसी राम डागी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहयोगी संस्था यती टेक्किल र पिपुल्स हेल्पीङ पिपुल नामक संस्थालाइ सम्मान पत्र सहित सम्मान गरिएको थियो ।सोही अवसरमा अग्रेजी भाषा शिक्षणमा प्रविधिको प्रयोग सम्वन्धी जिल्ला भित्र अग्रेजी शिक्षकहरुलाई तालिम समेत प्रदान गरिएको छ ।


