गोरखा समाचारदाता
माघ १३ गते । महेन्द्र ज्योति माध्यामिक विद्यालय दरवार मार्गका विद्यार्थीहरुको रक्त समूह पहिचान गरिएको छ ।
लियो क्लव अफ गोरखाले विहीबार विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको रक्त समूह पहिचान गरिदिएको हो ।
आकस्मिक रक्तदान गर्न सक्ने र विद्यार्थीहरुलाई आफ्नो रक्त समुहको वारेमा जानकारी दिने मुख्य उद्धेश्यले कक्षा १०, ११ र १२ मा अध्ययनरत ८२ जना बिधार्थिहरुको निशुल्क रक्त समुह पहिचान गरि रक्त समूह पहिचानको कार्ड समेत वितरण गरिएको क्लवका हेल्थ कोर्डिनेटर अस्मिता खड्काले दिइन् ।
यस अघि पनि क्लवले विभिन्न विद्यालयहरुमा, स्टेशनरी वितरण, न्यानो कपडा वितरण लगायतका सामाजिक कार्यगर्दै आइहेको सचिव परियारले जानकारी दिए ।


