कैलासबावुु श्रेष्ठ/गोरखा
माघ १३ गते । जनताबाट जनताका लागि सहयोग, पुर्नलाभ र पुननिर्माणद्धारा उत्थानशिल समुदाय निर्माण परियोजना गोरखा नगरपालिकामा सुरु गरीएको छ ।
थाइल्याण्ड सरकारको आर्थिक सहयोग र आइओएम नामक गैरसकारी संस्थाले गोरखा नगरपालिका उक्त परियोजना सञ्चालन गरेको हो ।
भुकम्प लगत्तै राहत र उद्धारमा समेत गोरखामा काम गरेको आइओएमले सञ्चालन गर्ने कार्यक्रमको बारेमा गोरखा नगरपालिकाका प्रमुख, उपपप्रमुख, वडा अध्यक्षहरु र कर्मचारीलाई समेत जानकारी गराएको आईओएमले जानकारी दिएको छ ।
उक्त परियोजना देश भरका १४ पालिकामा संचालनमा आएको छ । परियोजना आगामी सन् २०२० जुलाईसम्म संचलन हुने छ ।




















