मोहसिन अलि मियाँ/गोरखा
माघ ९ गते । प्रधानाध्यापक प्रतिस्थापनमा आइतबारदेखि सुरु भएको रत्नराज्य माविको विवाद अझै साम्य हुन सकेको छैन । विद्यालय ब्यवस्थापन समिति, विद्यालय हुदै विवाद मंगलबार गोरखा नगरपालिकाको कार्यालयसम्म आइपुगेको छ । गोरखा नगरपालिका १० बिरेनचोकमा रहेको रत्नराज्यमा प्रधानाध्यापक सरला देवकोटालाई जवरजस्ती हटाउन खोज्दा सुरु भएको विवाद समाधानका लागि मंगलबार नगरपालिकाको कार्यालयमा बसेको बैठक विना निस्कर्ष टुंगिएको छ । ‘आज बैठक त भयो त निर्णय खासै केहि भएन’ विव्यस अध्यक्ष धनबहादुर आलेले भने ‘तत्काल विवाद मिलाएर पढाई सुचारु गर्न मेयरसावले हाम्रै वडाअध्यक्ष ज्यूहरुलाई भन्नुभएको छ, भोली फेरी मिटिङ बस्ने कुरा छ हेरौ के हुन्छ ।’
आफुहरुले प्रअ मा तेजबहादुर नेपालीलाई नियुक्त गर्ने भन्दै गरेको निर्णय प्रअ सरला देवकोटाले नमानेपछि यस्तो अवस्था आएको उनको भनाई छ । ‘हामीले त पुसमै निर्णय गरेका थियौ, हाम्रो निर्णय नमान्ने भए समिति किन चाहियो र ?’ प्रतिप्रश्न गर्दै आलेले भने ‘अब कि उहाँ हट्नुहन्छ, कि समिति हट्छ ।’ यता व्यवस्थापन समितिको निर्णय लागु गरी सोही विद्यालयका शिक्षक नेपालीलाई प्रअमा नियुक्ती दिनुपर्ने भन्दै मंगलबार दिनभर नगर कार्यालयमा दवाव दिन स्थानीय भेला भएका थिए ।
आइतबार एक समुहले उनकै कार्यकक्षमा प्रअ देवकोटालाई कुर्चिबाट तानेर ढोका बाहिर पु¥याए लगत्तै विवाद सुरु भएको थियो । तर विद्यालयका शिक्षकहरुले भने ब्यवस्थापन समिति नै अवैधानिक भएकाले निर्णय मान्न बाध्य नहुने बताएका छन् । ‘समिति गठन प्रकृया नै गलत छ, नगर शिक्षा समितिमा यो बिषय छलफलकै क्रममा छ, समिति आधिकारीक भइसकेको अवस्था छैन’ शिक्षक रामेश्वर पोखरेलले भने ‘सबै कुराको प्रकृया हुन्छ, कार्यकक्षबाटै तानेर निकाली अर्को प्रअ राख्ने यो कहाँको नियम हो ?’ उनले प्रतिप्रश्न गरे ।
प्रअ देवकोटालाई जबरजस्ती कार्यकक्षबाट निकालेपछि असुरक्षा भएको भन्दै उनि सहित विद्यालयका १२ जना शिक्षक नगर शिक्षा समितिमा हाजिर भएका छन् । ‘विद्यालयमै बाहिरी मान्छे आएर जबरजस्ती गरिन्छ भने यस्तो वातावरणमा हामी कसरी पढाउने, हामीलाई असुरक्षाको महसुस भयो’ एक शिक्षकले भने ‘हाम्रो यो रहर होइन, बाध्यता हो, विवाद नमिलुञ्जेल विद्यालय फर्कने अवस्था छैन, शिक्षा शाखामै हाजिर गरेर बस्छौ ।’ मंगलबार कार्यालय परिसरमै स्थानीय भेला भएर होहल्ला गरेपछि बैठकमा कुनै निर्णय गर्न नसकिएको नगरपालिकाको भनाई छ । ‘विवाद समाधान गर्न गाउँले उठाएर ल्याउने होइन नि’ नगरप्रमुख राजनराज पन्तले भने ‘बैठकमा मैले सबैका कुरा सुने, उहाँहरुसंग छलफल पनि गरे, विवाद मिलाउन थप बैठकको आवस्यकता देखिएकाले १० र ११ का वडाध्यक्षहरुसंग आज बस्दैछौ ।’
यता घटना प्रति शिक्षकका पेशागत संघ संगठनले विज्ञप्ती मार्फत भत्र्सना गरेका छन् । गोरखा नगरपालिका अन्तर्गतको नेपाल शिक्षक महासघं नगर कार्यसमिति गोरखाले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त विद्यालयकी प्रधानाध्यापक सरला देवकोटालाई कुर्चीबाट निकालेर लछारपछार गरेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष पुरुषोत्तमबाबु भट्टराई र सचिव भाइकाजी श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा गोरखा नगरपालिका वडा नम्बर ११ निवासी नम्रता आले र पम्फा घर्तीले आफूलाई दुव्र्यवहार गरेको भन्दै प्रशासनमा दिएको पत्र महासघंलाई पनि प्राप्त भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताइएको छ । यसैगरी नेपाल शिक्षक सघंले पनि घटनाको भत्र्सना गरेको छ । शिक्षकहरु माथि अपमानजनक, अशिष्ट र अभद्र व्यवहार गर्ने गाली गलौजको भाषामा उत्रने घटना अराजक भएको ठहर गरिएको छ । जिल्ला अध्यक्ष लुमनाथ लामिछाने र लक्षमण बाबु आर्चायद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल शिक्षक संघका अर्थसचिब रामेश्वर पोखरेल र सदस्य तथा नेपाल शिक्षक महासंघका जिल्ला सदस्य गणेश पोखरेल माथि हातपात प्रयास, विद्यार्थीहरुलाई आतंकित बनाउने, विधिको शासनलाई मिचेर कानुन हातमा लिने काम भएको आरोप विज्ञप्ती मार्फत लगाइएको छ ।


