गोरखा समाचारदाता
जिल्लाको आरुघाट गाउँपालिका ३÷४ मा सञ्चालित विभिन्न परियोजनाहरुको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ ।
गुड नेर्वस इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा पद्धती बिकास सेवा केन्द्रद्धारा सञ्चालित सामुदायिक विकास परियोजना, गाउँघर क्लीनिक सुदृढीकरण परियोजना, विद्यालय पूर्ननिर्माण परियोजना र कफि बिकास परियोजनाले सन २०१८ मा गरेका कामको सामाजिक परिक्षण गरिएको हो ।
आरुघाट गाउँपालिका वडा नम्बर ३ र ४ को सयुक्त आयोजनामा भएको कार्यक्रममा ती परियोजनाहरुले गरेका काम र भएको प्रगती बारे पद्धती बिकास सेवा केन्द्रका फोकल पर्सन सुनिल न्यौपानेले जानकारी गराएका थिए ।
पद्धती बिकास सेवा केन्द्रकी सचिव सुनिता केसीको अध्यक्षता भएको कार्यक्रम विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु, कफि कृषक, सहकारी सस्थाका प्रतिनिधिहरु, कृषक समूहका प्रतिनिधिहरु, गाउँघर क्लीनिक व्यवस्थापन समितिका प्रतिनिधिहरु, बालक्लव, युवा क्लव, महिला तथा आमा समूहका प्रमुख एवं प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रममा पारर्दशीता र जवाफ देहियताको बारेमा छलफल भएको थियो ।




















