कैलासबावु श्रेष्ठ/गोरखा
माघ ९ गते । गोरखाको बिरेनचोकमा रहेको रत्नराज्य लक्ष्मी माविको प्रधानाध्यापक माथि भएको दुर्रब्यवहारको नेपाल शिक्षक महासंघ गोरखाले विज्ञप्ती निकालेर आपत्ति जनाएको छ ।
महासंघका जिल्ला सचिव श्याम प्रसाद लामिछाने र सह अध्यक्ष राजन कट्टेलद्वारा हस्ताक्षेरित बिज्ञप्तीमा ‘पठनपाठन भई रहेको समयमा शिक्षकहरु माथि भएको अपमानजनक र अभद्र ब्यवहार तथा आफ्नो कार्यकक्षमा बसेर कार्य गरिरहेका प्र.अ.माथि गरिएको गंभिर अपमानजन दुरब्यवहार तथा विधीको शासनलाई मिचेर कानून हातमा लिई हुलमुलकै बिचबाट अर्को शिक्षकलाई प्र.अ.को कुर्चिमा राखेर प्र.अ.घोषणा गर्ने जस्ता अराजक घटना प्रति नेपाल शिक्षक महासंघ गोरखा गंभिर ध्यानाकर्षण भएको छ’ भनिएको छ ।
महासंघले प्रअ र शिक्षकहरु माथि भएको यस्तो घटना गंभिर प्रकृतिको भएको भन्दै खेद समेत प्रकट गरेको छ । मंगलबार निकालिएको प्रेस विज्ञप्तीमा ‘घटनाको निश्पक्ष छानविन गरी घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई हदै सम्मको कारवाही गर्न’ भनिएको छ । ‘प्रधानाध्यापक र शिक्षकहरुको पेशागत सुरक्षा स्थापित गर्दै शिक्षकलाई बिद्यालय जाने र बिद्यार्थीहरुलाई निर्भयपूर्वक बिद्यालय आउने बातावरण बनाउन’ समेत महासंघले विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।
‘जिल्लाका बिभिन्न विद्यालयमा पेसाकर्मी शिक्षकहरु माथि हुने अमर्यादित र अराजक शैलि प्रति नेपाल शिक्षक महासंघ कहिल्यै चुप लागने नबस्ने र त्यस्ता क्रियाकलापको डटेर सामाना गर्ने समते चुनौती’ दिदै बिज्ञप्तीमा ‘यस्तो प्रकृतिको घटनाहरु नदोहोस्याउन र समाधानको पहल गर्न सम्बद्व पक्षहरुलाई आब्हान’ गर्दै ‘अन्यथा महासंघ जुनसुकै मुल्य चुकाउन तयार रहेको र आवश्यता पर्दा आन्दोलनमा उत्रने र त्यसबाट निस्कने परिणामको जवाफदेहिता संम्बन्धीत निकायले लिनुपर्ने’ भनेको छ ।

नगर समितिको बिज्ञप्ती



