×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

६० घरलाई मापदण्ड पुरा गर्न सुझाव

  •  
  • मङ्गलबार, माघ ०८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    माघ ८ गते । भूकम्पपछि बनेका ६० घर मापदण्ड विपरित पाइएको छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अन्र्तगतको जिल्ला आयोजना कार्यान्यवन इकाई (भवन) ले दिएको जानकारी अनुसार ती घरहरुले न्यूतम मापदण्ड पुरा नगरेकाले सुधारका लागि सिफारिस गरिएको हो । ‘अहिलेसम्म बनेका मध्ये ६० घरमा मापदण्ड नपुगेकोले सुधार गर्नुपर्ने देखिएको छ’ ईन्जिनियर युवक श्रेष्ठले भने ‘हामीले घर धनिहरुलाई आवश्यक सुझाव दिएका छौं ।’

    भूकम्प गए लगतै बनेका, मापदण्ड आउनु पूर्व बनेका र केही बनाउँदा÷बनाउँदै मापदण्ड विपरित हुन गएका ती घरहरुलाई सुधार गर्नुपर्ने देखिएको हो । प्राधिकरणले जिल्लाका २ हजार ४८९ घरमा मापदण्ड पुरा भए÷नभएको बारे अध्यायन गरेको थियो । ती मध्ये २ हजार ४२९ घरलाई मापदण्ड पुरा गराएर पास समेत गरिएको छ । ‘हामीसँग डिस्टिक सपोट ईन्जिनियरहरु हुनुहुन्छ । त्यस्ता समस्या भएका घरहरुको स्टकचर इनालाईसिस गरेर उहाँहरुले पास गराउनु भएको हो’ उनले भने ‘ती सबै घर पास भएर पनि किस्ता सिफारिस भईसकेको छ ।’

    मापदण्ड पुरा नभएका मध्ये अधिकाशं घरहरु प्राधिकारणको कार्यविधि आउनु पूर्वका छन् । भूकम्प गए लगतै पिडितले आफ्नो सुरुले बनाएका घरहरुले सरकारी मापदण्ड पुरा गर्न नसक्दा ती घरलाई सुधार गर्नुपर्ने देखिएको हो । ‘त्यस्ता घरहरुमा जाकेटिङ गर्न, छड्ेक तान राख्न, नस राखेर भूकम्प प्रतिरोधी बनाउन सुझाव दिइएको छ’ ई. श्रेष्ठले भने ‘ती घरहरु अधिकाशं कार्यविधि आउनु पूर्वका छन, केही ब्लकका घर छन, कतिपयमा नस कसिएको छैन, पिलरको आकार नमिलेका घरहरु पनि पास हुन सकेका छैनन ।’

    ७० हजार ७६८ लाभग्राही रहेको गोरखामा हालसम्म ६२ हजार ८६८ ले पहिलो, ५३ हजार ४५१ ले दोश्रो र ४३ हजार ५६२ ले तेश्रो किस्ता बुझेका छन् । भूकम्प गएको ४ वर्ष हुन लाग्दा समेत अझै धेरै भूकम्प पिडितहरुले घर बनाएका छैनन् । लाभग्राहीको सूचीमा नाम नभएकाहरुको गुनासो सुनुवाई हुन नसक्दा उनीहरु भूकम्प पिडित कायम हुन सकेका छैन । निर्माण भएका घरहरुको पनि मापदण्ड पुरा नहुँदा समयमै किस्ता रकम उपलब्ध हुन समस्या देखिएको छ । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पमा भत्किएका घर निर्माणका लागि सरकारले तिन लाख अनुदान उपलब्ध गराएको छ । सरकारी मापदण्ड अनुसार निर्माण भएका घरहरुले पहिलो किस्ता बापत ५० हजार, दोश्रोमा १ लाख ५० हजार र तेश्रो किस्ता स्वरुप १ लाख अनुदान पाउने प्रावधान छ । यदी मापदण्ड पुरा नभएको खण्डमा भूकम्प पिडितहरु अनुदान पाउनबाट बञ्चित हुने गर्छन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.