गोरखा समाचारदाता
नेपाली काँग्रेस गोरखाले धार्चेका बिभिन्न स्थानमा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ ।
धार्चेको लाप्राक, गुम्दा र लापुमा कृयाशिल कार्यकर्ताहरुलाई काँग्रेसको आदर्श, सिद्धान्त, संघियता र समसायिक बिषयमा प्रशिक्षण दिइएको हो । नेपाली काँग्रेसका महाधिवशन प्रतिनिधनी रेशम गुरुङ्ग र जिल्ला सहसचिव नारायण लामिछानेले प्रशिक्षण दिएका थिए ।
लाप्राक र गुम्दामा नेपाली काँग्रेसका जिल्ला सभापति हरिबहादुर घलेको प्रमुख आतिथ्यता तथा लापुमा महाधिवेशन प्रतिनिधी धिरन थापाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको हो ।
सोमबार धार्चेको लापुवेशीमा नेपाली काँग्रेस धार्चे गाउँपालिका संयोजक माला गुरुङ्ग, गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ्ग, उपाध्यक्ष फुलमाया गुरुङ्ग, वडाध्यक्ष सूर्यमान गुरुङ्ग र वडा नं. ७ का कार्यवहाक पार्टी सभापति दलबहादुर गुरुङ्गले मन्तब्य राखेका थिए ।


