गोरखा समाचारदाता
माम्चे घोषणापत्र जारी गर्दै नेपाल शिक्षक संघको गण्डकी प्रदेश भेला सकिएको छ । शुक्रबारबाट गोरखाको बारपाकमा सुरु भएको भेला शनिवार लाप्राक सकिएको हो । भेलाले १७ वुँदे घोषणापत्र जारी गरेको नेपाल शिक्षक सघंका गण्डकी प्रदेश सचिव सागर खरेलले जानकारी दिए ।
घोषणापत्रमा शिक्षकहरुको पेशागत हकहितका साथै सरकारले ल्याउन लागेको शिक्षा ऐनका बारेमा विभिन्न माग राखिएको छ । अस्थायी शिक्षकलाई अवकास दिदा गोल्डेन ह्यान्स बापतको चेक एकमुस्ट दिनु पर्ने, संघिय र प्रदेशको शिक्षा ऐन जारी भएपछि मात्र स्थानीय तहले शिक्षा शिक्षा नीति बनाउनु पर्ने, मुलक भरीका ७५३ वटै स्थानीय तहमा एकै खालको शिक्षा ऐन लागु हुनुपर्ने,शिक्षा सेवा आयोगलाई संबैधानिक बनाइनु पर्ने, इसिडी र विद्यालय कर्मचारीहरुको सेवा सुबिधा अनुसार हुनु पर्ने, विद्यालयमा छुट्टै प्रधानाध्यापकको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै भेला सकिएको हो ।
प्रदेश कार्यसमितिका अध्यक्ष शिरोमणी लामिछाने को अध्यक्षता तथा नेपाल शिक्षक सघंका संघिय अध्यक्ष राजेन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती हरीबहादुर घले, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, पालुंटार नगरपालिका प्रमुख दिपकबाबु कंडेल, नेपाल शिक्षक संघका वरिष्ठ एम पी भुसाल, महासचिव सोम गिरी, जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धिताल, जिल्ला अध्यक्ष लुमनाथ लामिछाने, गण्डकी प्रदेश अन्र्तगतका ११ वटै जिल्लाका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए ।
दुई दिन भएको कार्यक्रमको उद्घाटन बारपाकको माम्चेमा र समापन लाप्राकमा गरिएको आयोजकले संस्थालो बताएको छ ।


