गोरखा समाचारदाता
नेपाली काँग्रेसले धार्चेका कार्यकतालाई प्रशिक्षण दिएको छ । बदलिदो राजनितिक अबस्था र काँग्रेसको भावी योजनाबारे जानकारी गराउने उदेश्यले धार्चे गाउँपालिकाको लापुमा कार्यक्रम गरिएको हो ।
नेपाली काँग्रेस धार्चे गाउँपालिकाका संयोजक माला गुरुङको अध्यक्ष्ँता तथा जिल्ला सभापती हरिबहादुर घलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महादिवेशन प्रतिनिधि रेमश गुरुङ, सन्तबहादुर गुरुङ, फूलमायाँ गुरुङ, गणेश गुरुङ लगायत प्रशिक्षण दिएको नेपाली काँग्रेस धार्चेले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा नेपाली काँगेसका अगुवा नेता कार्यकताको उपस्थिती रहेको थियो ।
यसैविच धार्चे ४ लाप्राकमा नेपाल महिला संघ गठन भएको छ । महिलाहरुको भेलाले पूर्णिमा गुरुङको अध्यक्षतामा समिति चयन गरेका हुन् । उपाध्यक्षमा खुसि गुरुङ, सचिव निशा गुरुङ, कोसाध्यक्ष राममायाँ गुरुङ, सदस्यहरुमा सुकमायाँ सुनार, सिर्जना गुरुङ, तिसमायाँ गुरुङ, प्रतिमा गुरुङ, दाम्नी गुरुङ, माइली गुरुङ, तारा सुनार, कामनी गुरुङ, अनार्द गुरुङ, आशपानी गुरुङ, रित गुरुङ, हसमायाँ गुरुङ लगायत रहेका छन् ।




















