कैलासबावु श्रेष्ठ/गोरखा
माघ ५ गते । गोरखाको पालुमटारमा बिहीबार देखी शुरु भएको ‘जिल्ला स्तरीय प्याब्सन कप फुटबल प्रतियोगिता’ गोरखा मोर्डन बोर्डिङ स्कुल पालुमटारले हात पारेको छ ।
शुक्रबार भएको खेलमा मोर्डन बोर्डिङ स्कुल हरमटारी, गोरखा मोर्डन बोर्डिङ स्कुल पालुमटार, सुर्य मेमोरियल बोर्डिङ स्कुल च्याङ्गली र न्यू होराईजन बोर्डिङ स्कुल बुकोट सेमीफाइनमा प्रवेश गरेको थियो ।
सनिबार बिहान भएको सेमी फाइनल खेलमा गोरखा मोर्डन बोर्डिङ स्कुल पालुमटारले ट्राईबेकरमा मोर्डन बोर्डिङ स्कुल हरमटारीलाई ३–२ ले हराएर फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै गरी बिहानै भएको सेमी फाइलन खेलमा न्यू होराईजन बोर्डिङ स्कुल बुंकोटले सुर्य ममोरियल च्याङलीलाई ४–० अन्तरले हराएर फाइनलमा प्रवेश गरेको थियो ।
दिउसो भएको फाइनल खेलमा गोरखा मोर्डन बोर्डिङ स्कुल पालुमटार र न्यू होराईजन बोर्डिङ स्कुल बुंकोट बिच भएको खेलमा निर्धातर समयमा १–१ गोलको बरावरी भएको थियो । थप १० मिनेटमा समेत दुवै टिमबाट कुनै पनि गोल हुन नसके पटि ट्राइबेकरमा गोरखा मोर्डन बोर्डिङ स्कुल पालुमटारले न्यू होराईजन बोर्डिङ स्कुल बुंकोटलाई ३–२ गोल गरेर प्रथम स्थान हात पारेको थियो । न्यू होराईजन उत्त खेलमा दोस्रो भएका थिएँ ।
विजेता तथा उप विजेता दुवै समूहलाई एक कार्यक्रम बिच पालुमटार नगरपालिकाका मेयर ईन्जिनियर दिपकबावु कडे्लले प्रथम र द्वितिय हुनेलाई कप, मेडल, प्रमाण पत्र र नगद दिएर पुरस्कृत गरेको प्याब्सन गोरखाका सचिव कमल थापाले जानकारी दिएँ । बिजेता टिमले नगद २० हजार उप बिजेताले १५ हजार नगद पाएका थिएँ ।
त्यस्तै गरी सोही कार्यक्रममा मोर्डन बोर्डिङ स्कुल हरमटारी र सुर्य मेमोरियल बोर्डिङ स्कुल च्याङ्गलीलाई मेडल, प्रमाण पत्र र ५÷५ हजार पुरस्कार दिएर प्रदान गरेका थिएँ ।


