दीपक श्रेष्ठ/गोरखा
माघ ४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सवारी दुर्घटना न्युनीकरणका लागि सडकमै सवारी चालकहरुको स्वास्थ प्रशिक्षण शुरु गरेकोे छ । लामो दुरीमा सवारी चलाउदा रक्तचाप बढि भएका र आँखाको दृष्टि कम भएका चालकबाट दुर्घटनाको सम्भावना हुने भएकाले ट्राफिक प्रहरीले सवारी चेकजाँच सहित स्वास्थ परिक्षण पनि शुरु गरेको हो ।
ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग अन्र्तगतको गोरखा आँबुखैरेनी सडक खण्डमा पर्ने ११ किलोमा सवारी चालकहरुलाई रोकेर परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख दयाराम पौडेलले जानकारी दिनुभयो । बिहिबार दिनभरमा १ सय १२ जना सवारी चालकहरुको स्वास्थ परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
स्वास्थ परिक्षण गरिएका मध्ये २३ जनामा उच्च रक्तचाप र ७ जना सवारी चालकहरुमा आँखाको भिजन कम भएको पाईएको पौडेलले जानकारी दिनुभयो । ‘स्वास्थ परिक्षणका क्रममा २३ जनामा उच्च रक्तचाप भएको पाइएकाले बिशेषज्ञ चिकित्सकहरु संग थप स्वास्थ परिक्षण गराउन तथा व्यायम गर्न सुझाव दिएका छौ ।’ उहाँले भन्नुभयो
लामो दुरीमा सवारी चलाउदा उच्च रक्तचाप हुने चालकहरुलाई रिङटा लाग्ने, टाउको दुख्ने जस्ता समस्या हुने भएकाले चालक अस्वस्थ हुदा दुर्घटनाको जोखिम बढि हुनेहुदा स्वास्थ परिक्षण गरिएको पौडेलको भनाई छ । त्यस्तै सवारी चालकहरुमा गरिएको आँखाको परिक्षणका क्रममा ७ जनामा कम भिजन भएको पाइएको उहाँले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरीले गोरखा नगरपालिका वडा नम्बर १२ को समन्यव र लायन्स आँखा अस्पताल गोरखको सहयोगमा कार्यक्रम सन्चालन गरेको हो । सो क्रममा लायन्स आँखा अस्पताल गोरखाका नेत्रसाहायक बिनय बस्नेत र तारानगर स्वास्थचौकीका स्वास्थ साहायक रामकाजी दुवाडीले स्वास्थ सवारी चालकहरुको स्वास्थ परिक्षण गर्नुभएको थियो ।


