कैलासबावु श्रेष्ठ/गोरखा
माघ ३ गते । गोरखाको पालुमटारमा बिहीबार देखी जिल्ला स्तरीय प्याब्सन कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
गोरखा प्याब्सनको आयोजनामा बिहीबार देखी भएको खेलमा जिल्ला भित्रको १४ निजी स्कुलले सहभागिता जनाएको छ ।
पाल्मटारको माझटारमा भएको आधारभूत स्तरीय खेलमा पहिलो दिन भएको खेलमा गोरखा सदरमुकामको वल्ड क्यापिटल रानिबन र मोर्डन बिच भएको खेलमा मोर्डन स्कुलले ट्राईबेकरमा ५–४ ले जित हासिल गरेको थियो ।
पालुमटार नगरपालिका मेयर ईन्जिनियर दिपकबावु कड्ेलको प्रमुख आतिथ्यतामा भएको पहिलो दिनको दोस्रो खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार र ब्राईट फ्यूचर एकेडमी चोरकाटे विच भएको खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदनले ५–० गोलको अन्तरमा जित हासिल गरेको प्याब्सनका जिल्ला सचिव कमल थापाले जानकारी दिएँ ।

बिहीबार नै भएको युनाईटेड बोर्डिङ स्कुल पालुमटार र गोरखा मोर्डन स्कुल पालुमटार विच भएको खेलमा पनि ट्राईबेकरमा मोर्डन स्कुलले ३–२ ले गोरखा मोर्डन स्कुलले बिजयी भएको आयोजक प्याब्सन गोरखाले जानकारी दिएको छ ।

३ दिन सम्म चल्ने उत्त खेलमा प्रर्थम र द्वितीय हुनेलाई क्रमश.२० हजार र १५ हजार नगद र सेमिफाईनमा पुग्ने २ समूहलाई नगद ५÷५ हजारका साथै मेडल र प्रमाण पत्र दिने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्याब्सनका जिल्ला अध्यक्ष सिताराम तिवारीको अध्यक्षतामा बिहीबारको उदघाटन कार्यक्रममा प्रमुख अतिथी कडेलले रेफ्रीलाई फुटबल दिएर उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।


