×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यस वर्ष भित्र मुआब्जा वितरणको काम सक्ने लक्ष्य

  •  
  • बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    माघ ३ गते । चालु आर्थिक वर्ष भित्र बुढीगण्डकी डुबान क्षेत्रका सबै प्रभावितले मुआब्जा पाउने भएका छन् ।

    बुढीगण्डकी आयोजना पुर्नवास तथा पुनस्थापना इकाईका प्रमुख कृष्ण कार्कीले दिएको जानकारी अनुसार यस वर्ष प्राप्त भएको करिब १८ अर्ब रुपैयाँले गोरखा र धादिङका सबै प्रभावितलाई रकम वितरण गरिने छ । ‘यो आर्थिक वर्ष भित्र निर्धारण भएका सबैलाई मुआब्जा दिने हाम्रो तयारी छ’ उनले भने ‘रकम अभाव छैन सबैले पैसा पाउनुहुन्छ ।’ चालु वर्षको अहिले सम्म ४ अर्ब रकम वितरण भइसकेको छ ।

    गोरखा र धादिङ तर्फका साविकका २७ गाउँबिकास समितिका सर्वसाधारण प्रभावित हुने उक्त आयोजनाले यस अघि दुबै जिल्ला तर्फ गरी १९ अर्ब रुपैयाँ वितरण गरिसकेको छ । ‘यो रकमले जमिनको मुआब्जा दिएर घर गोठको समेत दिन पुग्छ भन्ने हाम्रो अनुमान छ’ उनले भने ‘यही वर्ष धेरैले घर गोठ र वोटविरुवाका मुआब्जा समेत पाउनुहुन्छ ।’

    मुआब्जा वितरणको कामलाई तिब्रता दिइए पनि मालपोत र नापी कार्यालयमा प्रयाप्त कर्मचारी नहुँदा समस्या भएको छ । आयोजना कार्यालयले कामलाई तिब्र रुपमा अगाडी बढाएपनि मालपोत र नापीमा हुने काम चापका कारण मुआब्जा विरतरण सोचे जस्तो हुन नसकेको उनले बताए । ‘माल र नापीमा नियमित सेवाग्राहीको घुँइचो हुन्छ ।

    साथीहरुलाई दिन भर त्यतै व्यस्त हुनुहुन्छ’ उनले भने ‘साँझ विहान काम गर्दा पनि भ्याउन सकिएको छैन ।’ सरकारले मालपोत र नापीका कर्मचारीका लागि दिने अतिरिक्त सेवा समेत कटौती गरेकाले काममा लगाउन समस्या भएको उनले बताए । ‘मुआब्जा वितरणमै हामी फोकस छौ, गोरखा तर्फ साबिकको धावाको मालमा अन्तिम चरणको काम भइरहेको छ’ उनले भने ‘धादिङमा सल्यानटारको वितरण मुआब्जा वितरण गर्दैछौं ।’ हालसम्म दुई जिल्लामा गरी १९ अर्ब भन्दा बढि मुआब्जा वितरण भइसकेको छ ।’

    आरुघाट, आर्खेत, खहरे क्षेत्रको मुआब्जा यसै वर्षभित्र निर्धारण गर्ने गरी काम भईरहेको आयोजना कार्यालयले बताएको छ । विभिन्न चरणमा छलफल गरी मुआब्जा निर्धारणको बारेमा निर्णय भइसकेको उनको दाबी छ । ‘हामीले विभिन्न कोणमा छलफल गरिसकेका छौं’ कार्कीले भने ‘अब मुआब्जा घोषणा हुन मात्र बाँकी छ ।’ आरुघाटको संवेदनशिलता र महत्वलाई ख्याल गरी उचित मुआब्जा वितरण गर्ने उनको भनाई छ ।

    मुआब्जा वितरणको काम अन्तिम चरण तर्फ प्रवेश गरेकाले अब पुर्नवास र पुनस्थापनाका लागि समेत काम सुरु गर्ने तयारी भइरकेको छ । ‘पुर्नवासको कुरालाई पनि सँगै लैजाने सरकारको नीति छ’ उनले भने ‘अब हाम्रो ध्यान त्यता तर्फ बढि हुन्छ ।’ यसै वर्ष आयोजनाको ड्याम बनाउँदा बिस्तापित हुने १०० घरधुरीलाई पुर्नवास गराउने योजना रहेको बुढी गण्डकी आयोजनाले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.